धरान: परिवर्तनका लागि सामाजिक अभियानले निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको २३ औं संस्करण सम्पन्न गरेको छ । 

अभियानले धरान–८ स्थित बुद्ध बिहारमा क्लिनिक सञ्चालन गरेको हो । क्लिनिकमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहले परिक्षण गरेका थिए । उक्त निःशुल्क क्लिनिकमा विशेष गरि मुटु, मधुमेह र रक्तचाप सम्बन्धि परिक्षण गरिएको थियो । ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुका लागि आयोजना गरेको उक्त शिविरमा ६५ जना बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । बुवाको मुख हेर्ने दिनमा ६५ जना बुवाआमाहरुको स्वास्थ्य परिक्षण गर्न पाउदा आफुहरु भाग्यमानी महशुस गरेको उनले बताए ।

परिवर्तनका लागि सामाजिक अभियानले विगत ११ महिनादेखि यो कार्यक्रम आयोजना गर्दै आईरहेको छ । धरानका विभिन्न वडाहरुमा विभिन्न संस्थाहरुसंग सहकार्य गर्दै कार्यक्रम आयोजना गर्ने गरेको छ । डा.शाहले स्वस्थ्य रहन हिडडुल गरिरहनु पर्ने बताए । खानपानमा ध्यान पु¥याउनुपर्ने, हिडडुल गर्नुपर्नेमा डा.शाहले जोडदिए । अभियानका सदस्य त्रिभुवन बरालको संयोजकत्वमा क्लिनिक आयोजना भएको थियो । कार्यक्रममा धरान उपमहानगरपालिका, वडा नं. १२ को स्वास्थ्य चौकीमा कार्यरत नर्स चेतना परियारले रक्तचाप तथा अन्य परिक्षण गरेकी थिईन ।