धरान: हरेक सोमबार बिहानै एक समुहले धरानमा शुरु गरेको पदयात्रासँगै फोहोर पनि संकलन गर्ने अभियान वाकिङ विथ क्लिनिङ एक सय हप्ता पुगेको छ ।

सेवक अभियानले शुरु गरेको यो अभियान आज (सोमबार) एक सय हप्ता पुगेको अवसरमा बिशेष कार्यक्रम आयोजना भएको छ । सय हप्ता पुगेको अवसरमा धरानको सिंहदेवी चोकबाट दन्तकाली मन्दिरसम्मको सडक आसपासमा वृहत सरसफाई कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराई, पुर्वमेयर तिलक राई, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, मितेरी बैंकमा सिईओ तुलसीप्रसाद वस्ती, कांग्रेस नेता किशोर राईलगायतको पनि सहभागिता रहेको थियो ।

sewak

यसैगरि, मेरील्याण्ड बोर्डिङ स्कुल धरान १०, धरान मोडल कलेज, लायन्स क्लब अफ इम्प्याक्टलगायतको पनि सहभागीता रहेको थियो । सेवक अभियानका संयोजक राजिव हलवाईले हरेक सोमबार बिहान धरानको विभिन्न स्थानमा फोहोर संकलन गर्दै हिड्ने अभियान एक सय हप्तामा पुगेकोले बिषेश कार्यक्रम आयोजना गरिएको बताए । उनले धरानलाई स्वच्छ र स्वस्थ्य बनाउने सेवक अभियानको उद्देश्य भएको पनि बताए ।

मेयर साम्पाङले यस्तो कार्यक्रमले आम नागरिकहरुमा जनचेतना जगाउने भन्दै प्रशंसा पनि गरे । उनले भोला गुट्खाको खेल, चुरोटको टुटा, पानीको बोतलहरु अत्यधिक फोहोर भेटिने गरेकोले यस्ता फोहोर डस्विनमा फाल्न पनि अनुरोध गरे । 

भिडियो:

sewak3

sewak2

sewak4

sewak1