धरान: सञ्चारकर्म छोडेर राजनीतिमा होमिएका रवि लामेछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश, जिल्ला र नगरका नेताहरुले पार्टी परित्याग गरेका छन् ।

मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै उनीहरुले लामिछानेलाई विभिन्न आरोप लगाउदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेमा प्रदेश कमिटी सदस्य तथा प्रदेश नं १ निर्वाचन परिचालन कमिटी सभापति सञ्जिव भट्टराई, सुनसरी जिल्ला सचिवत था प्रदेश नं १ निर्वाचन परिचालन कमिटी उपसभापति प्रेमप्रसाद तिमिल्सिना, धरान उपमहानगर सभापति राम कार्की, धरानका उपसभापति रिचन राई र प्रदेश कमिटी सदस्य शिल्पा भट्टराईसहित अन्य कार्यकर्ताहरुले पार्टी परित्याग गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

पुर्वजिल्ला सभापतिसमेत रहेका प्रदेश कमिटी सदस्य भटट्राईले पार्टी सञ्चालनको अवस्था, आलोचनाप्रति असहिष्णु नेतृत्व, आर्थिक अपचलन, पार्टी सभापति लामिछानेप्रति लागेका अनैतिक आचरण, अपारदर्शी आर्थिकक गतिविधि, विगतमा लागेको आत्महत्या दुरुत्साहन मुद्दा जस्ता आरोपहरु सही त थिएन भन्ने आशंका जन्मिएको र निष्पक्ष छानबिनको लागि कानुनी प्रक्रियामा जानेसमेत बताए । 

पार्टीले प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण अपारदर्शीतरिकाले गरेको, उम्मेद्वार छनौट हुनुअघि नै आकांक्षीहरुसँग दस्तुर उठाएर टिकट वितरण भइसके पनि अन्यको फिर्ता नगरेको, पार्टी नेतृत्वमा रहेका केही व्यक्तिहरुको स्वेच्छाचारिता बढेको कारण पार्टी परित्याग गर्नुपरेको भट्टराईले बताए । सुनसरी क्षेत्र नं १ मा उम्मेद्वार रहेकी सरिन तामाङ पार्टी सदस्यता नभएपनि नेतृत्व आवश्यक समन्वय, छलफल नगरि नै विधि, प्रक्रियाविपरीत टिकट दिएको भन्दै उनीहरुले असन्तुष्टी पनि पोखे । 

भिडियो: