धरान: करिब एक महिनाको अन्तरालमा बसेको कार्यपालिका बैठक बिहिबार सौहार्दपुर्ण हुन सकेन । अघिल्लो बैठकको बिषयले गर्दा एजेण्डामा छलफल हुन नपाई नै बैठक स्थगित भयो ।

अब कहिले हुन्छ कार्यपालिका बैठक ? अन्योल छ । बैठक स्थगित भएलगत्तै मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा भालुखोला पुगेका थिए । मेयर साम्पाङले क्लिकधरानसँग प्रतिक्रिया दिदै छिट्टै अर्को बैठक बोलाउने र उक्त बैठक सौहार्दपुर्ण हुने बताए । विगतमा के भयो भन्दा पनि अब अग्रगामी हुनुपर्ने भन्ने धारणा राख्दै मेयर साम्पाङले सहमति गरेर फेरि बैठक बस्ने बताए । 

mayo

उपमेयर बेघाले पनि सबैको सिमा र कमजोरीहरु हुने भन्दै त्यसलाई सच्याएर, आत्मबोध गरेर अघि बढ्नुपर्ने बताए । उनले पनि चाडै बैठक बस्ने र उक्त बैठक सौहार्दपुर्ण हुने बताए । 

भिडियो: