धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षक कल्याण समाजको अध्यक्षमा डा.सेराज अहमद खान निवार्चित भएका छन् ।

समाजको अध्यक्ष पदमा भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी डा.धरणीधर वराललाई २ मतको अन्तरले पराजित गर्दै डा.खान अध्यक्षमा निवार्चित भएका हुन् । उनले कुल खसेको २०३ मतमध्ये १०१ मत पाएका थिए । यस्तै, सचिव पदमा ११९ मत पाएर डा.कादिर आलम निवार्चित भएका छन् । उनले सचिवका प्रत्यासी डा.अभिनेन्द्र चक्रवर्तीलाई पराजित गरेका थिए ।

कुल २४ सदस्य कार्यसमिति रहेको समाजमा अध्यक्ष र सचिव पदको लागि मात्र निवार्चित भएको थियो । अन्य सबै पदाधिकारी तथा सदस्यहरु निर्विरोध चयन भएका थिए । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा.प्रकाश कुमार पराजुली, उपाध्याक्ष (मेडिकल) डा.दिपक कुमार यादव, उपाध्याक्ष (डेन्टल) डा.प्रदिप आचार्य, उपाध्याक्ष (नर्सिङ्ग) बसन्त कुमार कर्ण र उपाध्याक्ष (नन् मेडिकल) डा.अमरेन्द्र झा चयन भएका छन् । यस्तै, महासचिवमा डा.संयोग उप्रेती चयन भएका छन् भने कोषाध्यक्षमा डा.रामायण प्रसाद कुशवाहा चयन भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिएका छन् ।

यस्तै, सदस्यमा (मेडिकलतर्फ) डा.सुदिप मिश्र, डा.मोना दाहाल, डा.अमित बिक्रम शाह, डा.दीपेन्द्र प्रसाद सर्राफ, डा.पारस राज अमात्य, डा.प्रतिमा कुमारी साह चयन भएका छन् । सदस्य (डेन्टलतर्फ) डा.मन्नु बिक्रम, डा.अन्जनी कुमार यादव, डा.पुजन आचार्य, सदस्य (नर्सिङ्गतर्फ) प्रा.गयानन्द मण्डल, रम्भा सिग्देल, सदस्य (नन् मेडिकल) डा.केशव राई र विरेन्द्र कुमार यादव चयन भएका छन् । समाजको निर्वाचन गर्न प्रा.डा.विष्णुहरि पौडेलको अध्यक्षतामा ७ सदस्यीय निर्वाचन समिति गठन भएको थियो ।