धरान: प्रदेश न. १ को सुन्दर नगरी धरानको परिवेशलाई बर्णन गर्दै गाइएको गीत ू बसमा सरर लान्छु तिमीलाई घुमाउँदै धरान शहरू को म्युजिक भिडियो मिडिया कनेक्सन युटयुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। 

 चर्चित गायिका मेलिना राई र गायक सक्थिम योङ्याको युगल आवाजमा रहेको लोक जुहारी गीतको शब्द विष्णु खजुम र  संगीत गायक योङ्याको नै रहेको छ। मिडिया कनेक्सनका लागि प्रकाश आङ्गबुहाङ्गको निर्माण रहेको म्युजिक भिडियोको छायाँङ्कन

धनकुटा जिल्लाको पर्यटकीय स्थल थुम्की, भेडेटारको पाथीभरा र भेडेटारको मुख्य बजार क्षेत्र, मोरङ जिल्ला र सुनसरी जिल्लाको खदम खोलाको पुल हुदै धरानको धोपा क्याम्प परिसरमा गरिएको छ।  

सार्वजनिक गीतको ऐरेन्ज, मिक्सिङ र मास्टरिङ चण्दु गोर्खालीले गरेका हुन् भने ओलवाइड काठमाडौ र हिमालय टोन हङकङमा रेकर्ड गरिएको हो । चर्चित मोडल रेखा लिम्बुसंगै योमन सोदेम्बा लिम्बु ,बादल चेम्जोङ, सुमन खेवा र गरिमा डान्स सेन्टरको कलाकारहरुको समेत अभिनय देख्न पाइनेछ । म्युजिक भिडियोको निर्देशन तथा छायाँकन देवजंग थापाको रहेको छ। म्युजिक भिडियो सार्वजनिक भएको थोरै दिनमा राम्रै भ्युज तथा कमेन्ट आएको देख्न सकिन्छ।  

म्युजिक भिडियो लिङ्क: