धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बो (मुकेश)ले मतान्तर बढाउदै गएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार हालसम्म ७९३७ मतगणना हुँदा मुकेशले २८६ मतान्तरले अग्रता कायम गरेका छन् । उनले १७३८ मत पाएका छन् भने एमाले जसपाका उम्मेद्वार अशोककुमार राईले १४५२ मत ल्याएर पछ्याइरहेका छन् । 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन) ले १३३९ मत पाएकी छिन् भने स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ११८१ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेद्वार अशोक राईले (अविरल) १०७७ मत पाएका छन् । स्वतन्त्र उम्मेद्वार तर्कबहादुर मगरले २२७ मत पाएका छन् भने कुमार कार्कीले १४५, मातृकाप्रसाद भट्टराईले १३८ मत पाएका छन् । 

mu