धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले मतान्तर बढाएका छन् । 

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार राती ९ बजेसम्म १० हजार ४०७ मत गणना सकिदा मुकेशले ५६० मतले अग्रता लिएका छन् । उनले २४६३ मत पाएका छन् । एमाले जसपाका उम्मेद्वार अशोक राईले १९०३ मत प्राप्त गरेका छन् । 

यसैगरि, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन)ले १८४५ मत प्राप्त गरेकी छिन् । स्वतन्त्र उम्मेद्वार मनोज मेन्याङ्बोले १३०१ मत प्राप्त गर्दा राप्रपाका अशोक राई (अविरल) ले ११८४ मत प्राप्त गरेका छन् ।