धरान: सुनसरी क्षेत्र नं १ (क) मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार उमेश थापाले अग्रता कायमै राखेका छन् । 

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार अहिलेसम्म कुल १० हजार ३९३ मतगणना हुँदा थापाले १६५ मतान्तरले अग्रता कायम गरेका हुन् । उनले ३ हजार ७६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रमेश बस्नेतले २९११ मत प्राप्त गरेर उनलाई पछ्याइरहेका छन् । 

भिडियो:

यसैगरि, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार उद्धव श्रेष्ठले २४१४ मत पाएका छन् भने स्वतन्त्र उम्मेद्वार समिर तामाङको मत ६५४ रहेको छ । हाम्रो नेपाली पार्टीका उम्मेद्वारले ३३९ मत पाएका छन् भने पानीको धारा चुनाव चिह्न भएका स्वतन्त्र उम्मेद्वार पानीको धाराले १९९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेद्वारले १९० मत पाएका छन् । 

umeh