धरान: सुनसरी क्षेत्र नं १ मा हालसम्म १५ हजार बढी मतगणना सकिएको छ । 

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार कुल १५ हजार २०५ मत गणना सकिएको हो । त्यसमध्ये १४ हजार ४७ मत सदर भएको छ भने १ हजार १५८ मत वरदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सुनसरी क्षेत्र नं १ मा कुल १ लाख ४१ हजार ८७८ मतदाता थिए । 

मुक्सामहाङको अग्रता कायमै

प्रतिनिधिसभा सदस्यतर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोको अग्रता कायमै छ । उनले ३१७५ मत ल्याएका छन् भने एमाले जसपा तालमेलका उम्मेद्वार अशोककुमार राई २७६४ मत पाएका छन् । मेन्याङ्बो ४११ मतले राईभन्दा अगाडि छन् ।

यस्तै, तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन) छिन् । उनले २४२८ मत पाएकी छिन् भने राप्रपाका अशोक राई (अविरल)को मत १५९४ र स्वतन्त्र उम्मेद्वार मनोज मेन्याङ्बोको १३९६ रहेको छ । 

भिडियो: