धरान: विवादको कारण सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणना कार्य राती झण्डै ६ घण्टा रोकिएको छ । 

धरान वडा नं ६ को मतगणना सकिएर गणक कर्मचारी र उम्मेद्वारका प्रतिनिधिहरुको मत ट्याली गर्दा ५ मत फरक देखिएपछि विवाद भएको थियो । गठबन्धनका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोको मत फरक देखिएको थियो । यो विवादले राती १ बजेदेखि बिहान ६ बजेसम्म मतगणना रोकिएको निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालले जानकारी दिए । बिहान ६ बजेपछि भने विवाद समाधान भएर मतगणना सुचारु भएको पनि उनले बताए । 

प्रतिनिधिसभामा मेन्याङ्बोको अग्रता कायमै

muksam

मतगणना सुचारु भएपछि निर्वाचन अधिकृतको कार्यालयले १३ हजार ९४७ मतणनाको परिणाम सार्वजनिक गरेको छ । कार्यालयका अनुसार गठबन्धनका उम्मेद्वार मेन्याङ्बोको अग्रता कायमै छ । 

मेन्याङ्बोले ३०१२ मत पाएका छन् भने उनलाई एमाले जसपाका उम्मेद्वार अशोककुमार राईले २५६० मत पाएका छन् । यसैगरि, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन) २१४५ मत पाएकी छिन् भने स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले १३९६ र मातृकाप्रसाद भट्टराईले १२८१ मत पाएका छन् ।

भिडियो: