धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १(क) मा नेकपा एमालेका उम्मेद्वार रमेश बस्नेतले १० हजार मत कटाएका छन् ।

आज बिहान ८ बजेसम्म खसेको मतमध्ये ३७ हजार २२९ मतगणना सकिदा बस्नेतले १० हजार ५६१ मत पाएका छन् । उनी पछि नेपाली कांग्रेसका उमेश थापाको मत ९ हजार ३४५ रहेको छ । बस्नेत र थापाबीच १२१६ मतान्तर रहेको छ । 

अब प्रदेशसभा १ (क) तर्फ धरानको वडा नं १९ को मात्र मतगणना बाँकी छ । वडा १९ मा खसेको मत २००४ रहेको छ । गएको स्थानीय निर्वाचनमा यो वडा पनि एमालेको प्यानल विजयी भएको कारण बस्नेतको मत राम्रो आउने अनुमान छ । यसले गर्दा एमाले उम्मेद्वार बस्नेत जित नजिक छन् । 

तेस्रो स्थानमा रहेको राप्रपाका उम्मेद्वार उद्धव श्रेष्ठले ८ हजार १७५ मत रहेको छ । स्वतन्त्र उम्मेद्वार समिर तामाङले ३ हजार ९८१ मत पाएका छन् भने हाम्रो नेपाली पार्टीका विजय कालिकोटेले १२१८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भोलामान वर्देवाले १०३४, स्वतन्त्र खगेन्द्र श्रेष्ठले १०३१ मत पाएका छन् ।

re 2