धरान: सुनसरी क्षेत्र नं १ (क) प्रदेशसभा सदस्यमा नेकपा एमालेका रमेश बस्नेत विजयी भएका छन् ।

प्रदेशसभा १ (क) तर्फको अन्तिम वडा धरान १९ को मतगणना भर्खरै सकिएको छ । उक्त वडाको मतगणना सकिदा एमालेका उम्मेद्वार बस्नेत विजयी भएका हुन् । तर, निर्वाचन अधिकृतको कार्यालय औपचारिकरुपमा घोषणा गर्न भने बाँकी छ ।