धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (२) को पछिल्लो मतपरिणाम आएको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार खसेको मतमध्ये १५ हजार ७०१ मत गणना सकिदा एमालेका उम्मेद्वार विजयकुमार राईले ४४४८ मत पाएका छन् । उनीभन्दा ११२५ मतले पछि परेका राप्रपाका उम्मेद्वार अनिश ढकालको मत ३३५९ रहेको छ ।

स्वतन्त्र उम्मेद्वार हेमचन्द्र राईले २१९७ मत ल्याएका छन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रेवतीरमण राईले २१४७ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेद्वार रोहित सुब्बाले १४२२ मत ल्याएका छन् ।