धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा ५४ हजार ३१३ मतगणना सकिएको छ । 

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन)सँग जसपा उम्मेद्वार अशोककुमार राईले मतान्तर घटाएकी छिन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार तामाङले ११ हजार २४७ मत प्राप्त गरेकी छिन् भने राईले १० हजार २३६ मत प्राप्त गरेका छन् । तामाङ र राईबीच १०११ मतको अन्तर रहेको छ । यसअघि १२०८ मतले पछि परेका राईले धरान वडा १७ को मतगणना सकिदा मतान्तर घटाउन सफल भएका हुन् ।

यसैगरि, नेकपा माओवादी केन्द्रका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोले ८ हजार ४५१ मत पाएका छन् भने स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ६ हजार ३७५ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेद्वार अशोक राई (अविरल)ले ५ हजार २९९ मत, तर्कबहादुर मगरले ३ हजार ४८७, मातृकाप्रसाद भट्टराईले १५८२ र कुमार कार्कीले १५४५ मत पाएका छन् । 

भिडियो: