धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ ६१ हजार ४८९ मत गणना सकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन)ले १२ हजार ८५५ मत ल्याएकी छिन् । उनी भन्दा ३५१ मतले एमाले–जसपाका उम्मेद्वार अशोक कुमार राई पछि परेका छन् । उनले १२ हजार ५०४ मत पाएका छन् ।

तेस्रो स्थानमा गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोको मत ९ हजार ९००रहेको छ । स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोको मत ६ हजार ७२८ रहेको छ भने राप्रपाका उम्मेद्वार अशोक राई (अविरल) ले ५ हजार ८९१ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेद्वार तर्कबहादुर मगरले ३६५३ र मातृकाप्रसाद भट्टराईले १६३२ मत पाएका छन् ।