धरान:सुनसरी क्षेत्र नं १ अन्तर्गतको धरान उपमहानगरपालिकाको सबै २० वटै वडाको मतगणना सकिएको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरानको कुल ५६ हजार ८७२ मत गणना सकिएको छ । धरानको सबै वडाको मतगणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाका उम्मेद्वारबीच प्रतिस्पर्धा रोचक बन्दै गएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपका उम्मेद्वार गोमा तामाङ (सरिन) ले ११ हजार ५३३ मत पाएकी छिन् भने जसपा उम्मेद्वार अशोक कुमार राईले ११ हजार ३४१ मत पाएका छन् । रास्वपकी तामाङ जसपाका राईभन्दा मात्र १९२ मतले अगाडि छिन् ।

यसैगरि, गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोले ९०४७ मत पाएका छन् भने स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ६ हजार ६२४ मत पाएका छन् । यस्तै, राप्रपाका उम्मेद्वार अशोक राई (अविरल)ले ५ हजार ३६९, स्वतन्त्र उम्मेद्वार तर्कबहादुर मगरले ३ हजार ६२९, कुमार कार्कीले १५५१, मातृकाप्रसाद भट्टराईले १५९८ मत पाएका छन् । 

भिडियो: