धरान: प्रदेशसभा १ (२) तर्फ नेकपा एमालेका उम्मेद्वारले २३९२ मतको अग्रता बनाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार २२ हजार ७९० मतगणना सकिदा एमाले उम्मेद्वार विजयकुमार राईले ७ हजार १४१ मत ल्याएका छन् । उनी भन्दा पछि रहेका राप्रपाका उम्मेद्वार अनिश ढकालले ४ हजार ७४९ मत पाएका छन् । दुवैबीच २३९२ मतान्तर छ । 

यस्तै, गठबन्धनका उम्मेद्वार नेकपा एसका रेवतीरमण राईले ३४६९ मत पाएका छन् भने स्वतन्त्र उम्मेद्वार हेमचन्द्र राईले २४०५, रोहित सुब्बाले २३९१ मत पाएका छन् ।