धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ ६२ हजार ४४८ मतगणना सकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन)ले अझै पनि ४१० मतले जसपा उम्मेद्वार अशोक राईभन्दा अगाडि छिन् । सरिनले १३ हजार ११७ मत पाएकी छिन् भने अशोकले १२ हजार ७०७ मत पाएका छन् । 

तेस्रो स्थानमा गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोले पनि १० हजार मत कटाएका छन् । उनले १० हजार ११६ मत ल्याएका छन् । 

 स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ६ हजार ७४९ मत पाएका छन् राप्रपाका उम्मेद्वार अशोक राई (अविरल) ले ६ हजार २२ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेद्वार तर्कबहादुर मगरले ३६७३ र मातृकाप्रसाद भट्टराईले १६३६ मत पाएका छन् ।