धरान: माया धराने साबुन उद्योग विरुद्ध उच्च अदालतबाट स्टे अर्डर ल्याए पछि वन कार्यालय र स्थानीय सरकार प्रमुख मेयर हर्क साम्पाङबीचको द्धन्द चर्कदै गएको छ। 

धरान २० मा साबुन उद्योग निर्माणस्थलबारे वन र उपमहानगरपालिकाको विवाद अदालतमा पुगेर उपमहानगरविरुद्ध स्टे अर्डर जारी भएपछि थप चर्किएको हो । स्टे अर्डरले उद्योग निर्माणको काम अनिश्चितकालको लागि रोकिए पछि रुष्ट बनेका मेयर साम्पाङले तीनकुनेमा प्रदेश वन निर्देशनालयको भवन स्वीकृति नलिई र नक्सापास विना निर्माण भइरहेको भन्दै तत्काल रोकेर प्रक्रियामा आउन सुचना जारी गरेका छन् । प्रक्रिया पुरा नगरि नियम मिचेर भवन निर्माण बनाएको देखिएकोले तुरुन्त रोकी प्रक्रियामा आउन अनुरोध गरिएको सुचनामा अन्यथा अवैध संरचना हटाउनुपर्ने नियमअनुसार कार्वाही अघि बढाउने पनि सुचनामा उल्लेख छ ।

वनले मुद्दा हालेर साबुन उद्योगको कार्य रोकेपछि आक्रोशित भएका मेयर साम्पाङले वन कार्यालयलाई पनि चेक एण्ड ब्यालेन्स गर्ने अभिव्यक्ति सामाजिक सञ्जाल फेसबुकमा दिएका थिए । सोही अनुसार तीनकुनेस्थित पाँचकन्या सबडिभिजन कार्यालय परिसरमा निर्माण भइरहेको वन निर्देशनालयको भवन नक्सा पास नभएको पाएपछि मेयर साम्पाङ पनि एक्सनमा उत्रिएका हुन् । प्रदेश सरकार मातहतको वन निर्देशनालय कार्यालय अहिले भने धरान १३ मा भाँडाको घरमा रहेको छ । 

forest

धरानलाई उत्पादनसँग जोड्न र रोजगारी सृर्जना गर्न भन्दै मेयर साम्पाङले साबुन उद्योगको अवधारणा अघि सारेका थिए । कार्यपालिका बैठकले वडा २० को सर्दु खोला पारि औद्योगिक ग्राम बनाउन प्रक्रिया शुरु गर्ने निर्णय पनि गरेको थियो । सोही क्षेत्रमा गिट्टी कुट्ने श्रमदान भइरहदा डिभिजन वन कार्यालय सुनसरीले उक्त जग्गा वन क्षेत्रमा परेको भन्दै भोगाधिकार लिनुपर्ने जनाएको थियो । तर, मेयर साम्पाङले नदी उकास जग्गा भएको र नगरकै बजेटबाट तारा घेराबारा भएकोले वनको जग्गा नभएको दाबी गरेका थिए । 

यो विवादकै बीच डिभिजन वन कार्यालयले उच्च अदालतमा मुद्दा हालेको थियो, र अदालतबाट भोगाधिकार प्राप्त नभएसम्म निर्माण गर्न रोक्नु भन्ने अन्तरिम आदेश जारी भएको थियो । अदालतको यो आदेश पछि आक्रोशित भएका मेयर साम्पाङले वन विभाग नै खारेज गर्नुपर्ने अभिव्यक्तिसमेत दिएका थिए । 

भिडियो:

nagar