धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा (ख) बाट निवार्चित प्रदेश सांसद रमेशकुमार बस्नेतले धरानलाई कस्तो बनाउने भनेर आवधिक योजना बनाएर अघि बढ्न आग्रह गरेका छन् । 

धरान उपमहानगरको बाह्रौ नगरसभालाई आइतबार सम्बोधन गर्दै सांसद बस्नेतले यस्तो आग्रह गरेका हुन् । हिउँदे अधिवेशन ऐन, कानुन तथा कार्यविधिहरु बनाउने सभा भएको उल्लेख गर्दै सांसद बस्नेतले आउदा सभाहरुमा यसतर्फ पनि ध्यान दिन आग्रह गरे । साथै उनले धरानको आवधिक योजना बनेमा प्रदेश सरकार, संघीय सरकार र विकास साझेदार संस्थाहरुमा पेश गर्न सहज हुने पनि बताए । ‘आवधिक योजना बनाएर अघि बढ्र्यौ भने धरानलाई कस्तो बनाउने भन्ने मार्गचित्र प्रस्तुत हुनेछ, यो हिसाबमा अघि बढ्न मेरो अनुरोध छ,’सांसद बस्नेतले भने । 

सांसद बस्नेतले आउदो नगरसभामा आवधिक योजना छलफल र अनुमोदन हुने गरि प्रस्ताव आउने अपेक्षा पनि व्यक्त गरे । उनले भने,‘केही महिनामा बर्खे अधिवेशन गछौं, त्यो बेला छलफल, अनुमोदन हुने गरि आवधिक योजनाको प्रस्ताव गरियो भने हामी त्यो डकुमेन्ट प्रदेश सरकार, संघीय सरकार र विकास साझेदार संस्थाहरुसँग हाम्रो योजना यो छ, भिजन यो छ, धरानलाई यो बनाउन सक्छौं, भनेर डकुमेन्टसहित भन्न सक्छौं ।’

आवधिक योजना बनेमा कसैले पनि कुनै पनि योजनामा मेयरको इन्ट्रेस्ट वा उपमेयरको इन्ट्रेस्ट भएको भन्दै विवाद सृृर्जना नहुने पनि उनले बताए । ‘हामी पर्यटनमा के गर्न सक्र्छौै ? शिक्षामा के गर्न सक्छौ ? धरानको पर्यटनको मुख्य पहिचान के हो ? प्रष्ट हुन्छ,’उनले भने । सांसद बस्नेतले ठुलो संख्यामा कुनै पनि बिषयमा बहस, छलफल गर्न गाह्रो हुने भएकोले माथिल्लो सदनमा पनि बिषयगत समितिहरुको अभ्यास भएको उल्लेख गर्दै धरानमा पनि त्यसरी नै अभ्यास गर्न सुझाव दिए । ‘बिषयगत समितिको अभ्यासले कुनै पनि बिषयमा मिहिनढंगले गहिराईसम्म पुग्न सक्छौं । आवश्यकता र सम्भावनाहरु पहिचान गर्नसक्छौं,’उनले भने ।

भिडियो: