इटहरी: इटहरी उपमहानगरपालिका वार्ड नं २ स्थित माया घर परिसरमा छाला तथा यौन रोगसम्बन्धी एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

उक्त शिविर लायन्स क्लब अफ धरान घोपा युनाइटेडको प्रोजेक्ट आरोग्यः मुभ फर हेल्थ अन्तर्गत भएको हो । कार्यक्रमको संयोजक लियो लायन डा. शुभम कुमार अग्रवाल रहेका थिए । धरानका लायन्स क्लब अफ धरान घोपा युनाइटेड, लायन्स क्लब अफ धरान गौतम बुद्ध र सोसियल अपटिमाइजर्स युनाइटेड लियो क्लब र बिराटनगरका लायन्स क्लब अफ बिराटनगर, लायन्स क्लब अफ बिराटनगर गृन सिटि र हेल्थ एमबेसडर्स युनाइटेड लियो क्लबको आयोजना तथा भेनस स्किन एन्ड हेयर ट्रान्सप्लान्ट क्लिनिक बिराटनगरको प्राबिधिक सहयोगमा सम्पन्न भएको हो ।

शिविरमा छाला (चर्म) तथा यौन रोग विशेषज्ञ डा. तपन प्रधानको नेतृत्वमा २५ सदस्यीय टोलीले बिरामीहरूको चेकजाँच गरेका थिए । चेकजाँच गरिएका धेरै जसोलाई औषधि खाएर र लगाएर केहि समय हेर्न तथा आवश्यकता परे फेरि डाक्टरको सल्लाह लिनको लागी आग्रह गरेको डा.प्रधानले जानकारी दिए । शिविरमा धेरै जसोलाई छालाको सरुवा रोगहरु पनि देखिएकाले बेलैमा थप उपचार गर्न सुझाव दिएको उनले बताए । एक दिनका लागि भए पनि निःशुल्क स्वास्थ्य शिविर गरि छाला रोगबाट पिडित भएकाहरुका लागि सेवा दिन पाउदा निकै सन्तुष्टि मिलेको डा.प्रधानले बताए । उनका अनुसार शिविरमा १ सय २४ जनाले प्रत्यक्ष लाभ लिएको थिए । 

maya-liyoo

शिविरमा निस्चल काफ्लेको नेतृत्वमा मारुती फार्मास्युटिकल्स र क्वेस्ट फार्मास्युटिकल्सले सि.एस.आरअन्तर्गत बिरामीहरुलाई दुई लाख बराबरको निःशुल्क औषधि समेत प्रदान गरेका छन् । स्वास्थ्य शिविरको समापनमा बोल्दै लायन्स डिस्टृक्ट ३२५ ए वन का निवर्तमान डिस्टृक्ट गभर्नर लायन रेवत बहादुर कार्कीले स्वास्थ्य र शिक्षा नै समृद्धीको जग भएको भन्दै आगामी दिनहरुमा यस्तै प्रभावकारी ढंगबाट सेवामुखी काम गर्न सबैलाई उत्साहित बताए ।

शिविरबाट निःशुल्क चेकजाँच र औषधि पाए पछि माया घरमा बस्ने सबै निकै हर्सित भएका थिए । माया घरकी सचिव शुभद्रा प्याकुरेलले स्वास्थ्य शिविरबाट माया घरमा रहेकाहरुलाई धेरै लाभ पुगेको बताइन् । अधिकांश खाद्यान्न तथा अन्य सहयोग गर्न आउने गरेको भन्दै उनले स्वास्थ्य शिविरबाट माया घरमा आश्रितहरुको स्वास्थ्य अवस्थाबारे पनि थप जानकारी मिलेको भन्दै खुशी व्यक्त गरिन् । 

शिविरको क्रममा सो क्षेत्रको बिषयमा जानकारी ल्याएर आफुहरुलाई सहयोगको लागि घचघच्याउने इटहरीका अबजर्भर खुसबु नायक र लियो मनिसा राउतलाई बिशेष धन्यवाद दिइएको थियो । माया घरकै अनुरोधमा जीवनयापनमा सहजता प्रदान गर्न शिविर आयोजना गरिएको सो कार्यक्रममा उपस्थित अबजर्भर शंकर बाबू आचार्यले बताए । लायन्स क्लब अफ धरान घोपाका चार्टेर प्रेसिडेन्ट लायन डा. शुभम कुमार अग्रवालले भने,'वर्किङ डेमा भ्याइन्न । क्लास र ड्युटी सके पछि बिदाका दिन यस्तै निःशुल्क शिविरकालागि टोलि लिएर जहिल्यै निस्किन्छौ । खोजीखोजी फेला परेकाहरुलाई उपचार गर्छौ । निःशुल्क चेकजाँच र औषधि पाएर साह्रै खुशी हुँदै आशिर्वाद दिएको हेरेर मन सन्तुष्ट हुन्छ ।' 

आउने दिनहरुमा धरान र इटहरीमा निरन्तरता दिदै पुर्वका अरु ठाउँहरुमा पनि अभियानलाई सुचारु गर्ने तयारी रहेको अबजर्भर शिवेन्द्र कुर्मी र लियो प्रकाश पोखरेलले बताए । कार्यक्रममा लायन विजय सुराना, लायन बिभाङ चौधरी, लायन दिनेश अग्रवाल, लायन लक्ष्य प्रधान, अबजर्भर स्नेहा झा, अबजर्भर धिरेन यादव, अबजर्भर सत्रुधन यादव, अबजर्भर सुमन यादव, लियो गोभिन्ड बहारदार, लियो प्रभास पोखरेल र लियो अजय गुप्ताका साथै धरान स्थित विद्या भुशन स्कुलका विद्यार्थीहरुको उपस्थिती रहेको थियो । विद्यार्थीहरुलाई पढाइका साथसाथै आफ्नो सामाजिक उत्तरदायित्वको एक्सपोजर गराउन शिविरमा प्रत्यक्ष रुपमा सहभागी गराइएको विद्या भुशन स्कुलका कोओर्डिनेटर अनिस राई र पुजन ढकालले बताए ।

maya-liyo2

सडकबाट पुर्नस्थापनाका लागि आश्रम पुर्याइएका व्यक्तिहरुलाई अन्यत्र उपचारको लागि जाने दुःख कष्ट नहोस् साथै आवश्यकता भएकाहरुको हेरचाहमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यकाले शिविर सञ्चालन गरिएको संयोजक तथा लायन्स क्लब अफ धरान घोपा युनाइटेडका चार्टर प्रेसिडेन्ट लियो लायन डा. शुभम कुमार अग्रवालले जानकारी दिए । वीपी प्रतिष्ठानमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुले सन् २०२० मा स्थापना गरेको लायन्स क्लब अफ धरान घोपा युनाइटेडले स्थापना कालदेखि नै समाजप्रति उत्तरदायि हुदै आरोग्य: मुभ फर हेल्थ अन्तर्गत दुर्गम ठाउँहरुमा र विपन्नकालागी निःशुल्क स्वास्थ जाँच शिविरहरु गर्दै आएको छ ।

यस्तै, अन्नपूर्णः ह्यपी बेल्ली, ह्यापी फेसेस अन्तर्गत टोल विकास संस्थासँग समन्वय गरि गरिब परिवारहरुलाई खाद्यान्न बाड्ने, बगानः आवर सिटि, गृन सिटि अन्तर्गत विभिन्न ठाउँहरुमा वृक्षारोपण, बन्धनः द क्लोथ बैंक अन्तर्गत विपन्नलाई जाडो र गर्मीका लुगाहरु वितरण, दिर्घजिवीः लिव्स लाइफ, गिव्स लाइफ अन्तर्गत ब्लड अन कल कार्यक्रम, मानवताः ह्याप्पी कृयेचर, ह्याप्पी न्याचर अन्तर्गत सडकका पशुहरुलाई खाना वितरण, नवजिवनः होलिस्टिक रेज्युभिनेसन इन द हिलिङ स्पेस अन्तर्गत विपन्नको सम्पुर्ण निः शुल्क उपचार, निकेतनः वेयर डृम्स कम होम अन्तर्गत विपन्न र अपांगकालागी घर निर्माण, निर्मलः आवर सिटि, क्लिन सिटि अन्तर्गत सरसफाइ कार्यक्रम, प्याड बैंकः फर पिरियड्स विथ नो वरिज अन्तर्गत ग्रामिण र विपन्न महिलाहरुलाई निःशुल्क स्यानिटेरी प्याड वितरण, सन्जिवनीः सेयरिङ मेडिसिन्स, स्प्रेडिङ स्माइल्स अन्तर्गत विपन्नकालागी निःशुल्क मेडिसिन बैंक, विद्यालयहरुमा सुस्वाथ्यः इन्सपाइरिङ बेटर हेल्थ अन्तर्गत स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रमहरु, जुम मार्फत डिकोडिङ लाइफलाइन्स विथ लियो लायन डा. अग्रवाल अन्तर्गत ग्लोबल सर्भिस एरियाका कार्यक्रमहरु तथा अन्य विविध शिक्षा, स्वास्थय र समाजसेवासँग सम्बन्धित कार्यक्रमहरु आयोजना गर्दै आएको लियो लायन डा. अग्रवालले जानकारी दिए ।