धरान: वडामा रहेका बालबालिकाहरुको प्रतिभाको खोजी तथा विकास गर्ने उद्देश्यले धरानको वडा नं १६ कार्यालय तथा बाल सञ्जालको संयोजनामा भएको विज्ञान सामग्री प्रर्दशनीमा जेनिथ् स्कुल प्रथम भएको छ । 

शारदा बालिका नमुना उच्च माविमा आयोजित कार्यक्रममा धरान १६, स्टेडियम लाइनस्थित जेनिथ ईै¨लिस बोडिै¨ स्कुल प्रथम भएको हो । विज्ञान सामग्री प्रदर्शनीमा जेनिथ् स्कुलका विद्यार्थी स्वभिमान जवेगुको समुह प्रथम भएको थियो । यस्तै, फुङनुमा लिम्बुको समुह दोश्रो र मनिक राईको समुह तृतिया भएको थियो । 

jeneeth

चित्रकला प्रतियोगितामा पनि जेनिथ् स्कुलका विद्यार्थी मोनिका तामौ¨ प्रथम भएकी थिइन् । शारदा बालिका उच्च माविका विद्यार्थी शुशिला लिम्बु दोश्रो र जेनिथ् स्कुलकै विद्यार्थी प्रिन्स विक तेश्रो भएका थिए । कविता प्रतियोगितामा शारदा बालिका उच्च माविका विद्यार्थी रेनुका राई प्रथम, जेनिथ् स्कुलका विद्यार्थी फुङनुमा लिम्बु र साजन राई क्रमशः दोश्रो र तृतिया भएका थिए । प्रावि तहका हस्तलेखन विधामा पुर्वाञ्चल बहिरा स्कुलका विद्यार्थी साथिया मगर प्रथम, जेनिथ्का लक्ष्मी विष्ट दोश्रो र बालिका स्कुलका श्रेया राई तेश्रो भएका थिए । 

यसै गरि एकल नाटक प्रतियोगितामा चन्द्र सस्कृत स्कुलका सुमन पराजुलि प्रथम, बालिका स्कुलका अनुष्का राई दोश्रो र जेनिथ् स्कुलका सृजना परियार तेश्रो भएकी थिई । एकल नृत्य प्रतियोगितामा सिद्धार्थ स्कुलका सारा लिम्बु प्रथम, सियोन स्कुलका माङसेमि लिम्बु दोश्रो र जेनिथ्की अनिसा तामौ¨ तेश्रो भएकी थिए । 

jenithh1

यसरी नै एकल गायन प्रतियोगितामा चन्द्र सस्कृत स्कुलका सोनु माझि प्रथम भए भने सियोन स्कुलका सलिना राई दोश्रो र बालिका स्कुलका सोनिया मुर्मु तेश्रो भएकी थिए । सबै विजेता विद्यार्थीहरुलाई ट्रफि र प्रमाण पत्रले पुरष्कृत गरिएका क्लवका सरक्षक पदम प्रसाद लुईटेलले बताए ।

 क्लवका उपाध्यक्ष अनुशा महतराको अध्यक्षतामा, शिक्षा महाशाखा धरानका प्रमुख शम्भु पाण्डे प्रमुख अथिति र १६ नः वडाको अध्यक्ष मुरारी प्रसाद भट्टराई विशिष्ट अथितिका रुपमा उपस्थित थिए । ज्योति पुञ्ज बाल क्लवले हरेक बर्ष आयोजना गर्ने यो तेश्रो कार्यक्रम सम्पन्न भएको छ । यस्ता कार्यक्रम आयोजना गरि विद्यार्थीको लुकेको प्रतिभालाई प्रस्फुटन  गराउन आगामि बर्षहरुमा पनि निरन्तरता दिने १६ नः वडाका अध्यक्ष मुरारी प्रसाद भट्टराईले बताए । १६ नः वडा भरिका १७ वटा विद्यालयका विद्यार्थीहरु सहभागि भएका जेनिथ् स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुजा ताम्राकारले बताए ।

jenith3