धरान: मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघासहित संघीय राजधानी पुगेको धरान उपमहानगरपालिकाको टोलीले सहरी विकास मन्त्रलायसँग सभागृह पुनःनिर्माण गर्न बजेट माग गरेको छ । 

धरान ८ स्थित लथालिङ्ग रहेको सभागृह मर्मतको लागी डिपिआर तयार भएको र करिब ८ करोड लागत अनुमान गरिएको भन्दै टोलीले बजेट माग गरेको हो । धरानको टोली मन्त्रालयमा भने मंगलबार मात्र योजनाहरु लिएर पुग्नेछ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई भेटेर टोलीले सबै मन्त्रालयहरुमा पेश गर्ने योजनाहरुको सुची बुझाइसकेको छ। 

यस्तै, सभागृह परिसरमा नै अलपत्र अवस्थामा रहेको निर्माणाधिन नाटक घरको लागी पनि सहरी विकास मन्त्रालयसँग बजेट माग गरिएको छ । नाटक घरको पनि डिपिआर तयार भएको र ६ करोड लाग्ने अनुमान गरिएको छ । धरान १७ स्थित सप्तरंगी पार्कलाई बहुसाँस्कृतिक पार्ककोरुपमा विकास गरेर सञ्चालनमा ल्याउन पनि बजेट माग गरिएको छ । यसको लागी १० करोडको प्रारम्भिक लागत अनुमान तयार भएको छ । यो पार्कमा विभिन्न जातजातिको सँस्कृतिक झल्कने गरि बहुसाँस्कृतिक पार्क बनाउने योजनामा उल्लेख छ । 

यस्तै, सडक मानव आश्रय भवन निर्माण तथा पुनःस्थापना केन्द्रको लागी पनि बजेट माग गरिएको छ । यसको लागी करिब ८ करोड लागत अनुमान तयार गरिएको छ । यस्तै, धरान १३ स्थित सत्यसाई स्कुलको जग्गामा साइन्स सिटी पार्क निर्माण गर्न पनि बजेट माग गरिएको छ । यसको लागी डिपिआर तयार भइसकेको र ४ करोड लाग्ने लागत अनुमान रहेको छ । यो पार्क निर्माण भएमा बालबालिकाहरु तथा युवा विद्यार्थीहरुलाई प्रयोगात्मकरुपमाबाट विज्ञानको विभिन्न क्षेत्रहरुको अध्ययन अवलोकन गर्न सकिनेस्थलकोरुपमा विकास गर्न सकिने अपेक्षा लिइएको छ भने धरानको शैक्षिक एवं पर्यटकीय विकासमा पनि सकरात्मक प्रभाव पर्ने उल्लेख गरिएको छ ।

यसैगरि, दलित समुदायले प्रयोग गरेका सामग्रीहरुको संरक्षण र संवद्र्धन गर्न धरानको वडा नं २० मा दलित संग्रहालय निर्माण गर्न पनि बजेट माग गरिएको छ । यसको लागी ८ करोडको डिपिआर तयार भइसकेको छ । धरान ११ मा सुनौलो नगरकोट बहुउद्देश्यीय कभर्ड हल ज्येष्ठ नागरिक पार्क र जिम हल निर्माण गर्न पनि मन्त्रालयसँग बजेट माग गरिएको छ । यसको अनुमानित लागत १ करोड ५० लाख रहेको छ । 

sahari

sahari1