धरान: छिमेकी मुलुक भारतसँगै नेपालमा पनि कोभिड १९ को नयाँ भेरियन्ट संक्रमण दर बढ्न थालेपछि सुनसरी प्रशासनले पनि सीमा नाकाहरुमा उच्च सर्तकता अपनाउने भएको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रजिअ माधव प्रसाद ढुंगेलका अनुसार जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसि) बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकले सार्वजनिक यातायातका साधन र बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा स्यानिटाइजर अनिवार्य प्रयोग गर्न, गराउन पनि निर्णय गरेको छ । यो बिषयमा स्वास्थ्य मन्त्रालयले समेत जारी गरेको स्वास्थ्य प्रोटोकल अनिवार्यरुपमा पालना गराउने पनि बैठकले निर्णय गरेको छ ।

यसैगथरि, कोभिड विरुद्धको खोप पुर्ण वा अनिरिक्त मात्रा लगाउन छुट भएका जिल्लाबासीहरुलाई पनि लगाउन सुनसरी प्रशासनले अनुरोधसमेत गरेको छ । चैत २० गते स्वास्थ्य मन्त्रालयले प्रेश विज्ञप्ती जारी गर्दै नमुना परीक्षण गर्दा नेपालमा पनि ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जनाएको थियो । साथै, मन्त्रालयले मौसमी रुघाखोकीसँगै कोभिड १९ संक्रमण वृद्धि हुदै गएकोले रोकथाम एवं नियन्त्रणको लागी सबै तह र तप्काबाट प्रभावकारी भुमिका बढाउन, संवेदनशील भई जनस्वास्थ्यको मापदण्ड पालना गराउन पनि अनुरोध गरेको थियो । 

cdo-notice