धरान: नेपाल प्रहरी श्रीमती संघ कोसी प्रदेशको आयोजनामा आसरा सुधार केन्द्रको अनुगमन तथा उपचारत सदस्यहरुको निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम पानवारीमा सम्पन्न भएको छ । 

स्वास्थ्य शिविरमा वि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका गेस्टाएंटरोलोजी तथा हेपेटोलोजी विभागका असिस्टेन्ट प्रोफेसर डा.सन्दीप बज्रचार्य र डा. समिष्ठा बज्रचार्यले स्वास्थ्य परिक्षण गरेका थिए । आसरा सुधार केन्द्र रानीबारी काठमाडौ अन्र्तगत धरान ६ पानवारीमा पनि दाताहरुको सहयोगमा केन्द्रको भवन बनेको छ । यसको सञ्चालन समितिमा पनि स्थानीयको पनि प्रतिनिधित्व गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथी अजिता देवकोटा बास्तोलालगायत अतिथिहरुले केन्द्रको अनुगमन पनि गरेका थिए । उपचारत युवाहरुको बसाई, खानपान र व्ययवस्थापन बारेमा जानकारी लिदै बास्तोलाले प्रत्येक व्यक्तिसँग कुराकानी पनि गरेका थिए । 

asara

अध्यक्ष बास्तोलाले घरमा आमाबुवा, श्रीमती, केटाकेटीहरुले पर्खिरहेको कारण राम्रो उपचार पाएर घर फर्कन र अरुलाई पनि यस्तो कुलतमा फस्न नदिन सचेत गराउन आग्रह गरेकी थिइन् । अनुगमनको क्रममा उपचारत युवाहरुले बसाई, खुवाई र उपचार विधीमा कुनै गुनासो नरहेको बताएका थिए । साथै उपचारत युवाहरुले सिपमूलक तालिमको पनि माग गरेका थिए । ‘उपचारमा बसेका युवाहरुलाई पेट सम्बन्धि तथा अन्य शारीरिक समस्या रहेको छ, छैन भनि हामीले स्वास्थ्य शिविरको आयोजना गरेका हौं,’अध्यक्ष बास्तोलाले भनिन्,‘अगामी दिनहरुमा पनि दुव्र्यसनमा फसेकालाई उपचार गर्नु भन्दा पनि यसमा फस्न नदिनका लागि समुदाय, विद्यालयहरुमा जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गर्ने छौ ।’ सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे पनि अनुगमनमा सहभागी थिइन् । 

asara2

 शिविरमा विर्तामोड डायग्नोसिस सेन्टरले प्रावधिकरुपमा सहयोग गरेको थियो । आसराकी सञ्चालक समिति सदस्य शिला बज्रचार्यले लागूऔषध दुव्र्यसनमा परेका युवाहरुलाई उपचार पद्धतीद्धारा खराब लत छुटाएर समाजमा पूनःस्थापित गर्ने र असल व्यक्तिको रुपमा पूर्नजिवन दिने काम आसरा सुधार केन्द्रले गरिरहेको बताइन् । उपचारमा आएका युवाहरुलाई ४ महिनासम्म कोर्ष पुरा गरेर मात्रै पठाउने केन्द्रको नीति रहेको पनि बज्रचार्यले जानकारी दिइन् । उनले भनिन्,‘केन्द्रमा मनोपरामर्श, योगा, व्यायाम, औषधी उपचार, सन्तुलित खानपान र अतिरिक्त क्रियाकलापहरु समावेश गरिएको हुन्छ,’उनले भनिन् ।

असरा सुधार केन्द्रमा उपचारत रहेका युवाहरु मध्ये ५० जनालाई स्वास्थ्य शिविरमा सेवा दिएको बताए डा सन्दिप बज्रचार्यले जानकारी दिए । केहीलाईसमान्य ज्वरो र केहीमा पेटको समस्या देखिएको उनले बताए । ‘सेवा गर्न पाउदा खुसी छौं,’ डा.बज्रचार्यले भने ‘अस्पतालमा विरामीलाई टाईम दिएर हेर्न साहै्र गाह्रो हुन्छ तर यहाँ हरेक विरामीसँग राम्रोसँग कुराकानी गर्न पाए । वहाँहरुको समस्यालाई बुझन पाए, खुसी लागेको छ ।’

भिडियो: