धरान: हाम्रो मोवाइल संघ धरानले शनिबार निःशुल्क आँखा शिविर आयोजना गरेको छ। 

संघले धरान १५ स्थित शिक्षा सदन माविमा शिविर आयोजना गरेको हो । नेत्र ज्योति संघ इटहरी आँखा आस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा धरानको विभिन्न वडाका १९६ जनाले आँखा परिक्षण गराएका थिए । शिविरको लागि २१२ जनाकोल नाम दर्ता गरेपनि शिविरमा १९६ जनाले प्रत्यक्ष लाभ लिएको संघले जानकारी दिएको छ । 

आँखा परिक्षणको क्रममा १० जनाको मोतिबिन्दुको अप्रेशन गर्नुपर्ने देखिएको थियो भने १ जनाको आँखाको माथिल्लो भागमा रहेको मासुको डल्लोको अप्रेशन गर्नुपर्ने देखिएको इटहरी आँखा अस्पतालका प्राविधिकले जानकारी दिएका छन् । उनीहरुको अप्रेशन पनि इटहरी आँखा अस्पतालले निःशुल्क गर्ने गरि समन्वय गरिएको संघका अध्यक्ष जीवन शाक्यले जानकारी दिएका छन् । आँखा शिविरमा निःशुुल्क औषधी वितरण पनि गरिएको थियो भने चस्मामा ५० प्रतिशत छुटको व्यवस्था पनि गरिएको संघले जनाएको छ ।