धरान: लामो रस्साकस्सी पछि धरानको १३ औं नगर सभाको दोस्रो बैठकले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।

धरान १० स्थित सैनिक भवनमा सोमबार बसेको नगर सभाको दोस्रो बैठकले संशोधित नीति तथा कार्यक्रमसँगै आर्थिक विधेयक र विनियोजन विधेयक पारित गरेको हो । नगर सभाअघि बिहान बसेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र विवादित बनेको विनियोजन विधेयक पारित गरेको थियो । विनियोजन विधेयक अन्तर्गत वडागत र बिषयगत समितिको बजेट ब्रेकडाउनमा भएको विवाद लामो रस्साकस्सीपछि बिहानको कार्यपालिका बैठकले पारित गरेर नगर सभामा पेश गरिएको थियो ।

dharan nagar sabha1

कार्यपालिका बैठकले पारित गरेपनि नगरसभाबाट नीति तथा कार्यक्रम र बजेट सहजै पारित भएन । नगर सभा सदस्यहरुले धारणा राखिसकेपछि मेयर हर्क साम्पाङले जवाफ दिएका थिए, र ध्वनी मतले अनुमोदन गरिदिन आग्रह गरेका थिए । नगर सभाको अध्यक्षता गरिरहेका मेयर साम्पाङले नीति तथा कार्यक्रम र बजेट पारित गर्न आग्रह गरेपनि केही नगरसभा सदस्यहरुले मात्र ताली बजाएका थिए । बहुमतले ताली नबजाएपछि मेयर साम्पाङले दोहोर्याएर आग्रह गर्दा पनि पारित भएन । त्यसपछि मेयर साम्पाङले १५ मिनेट बैठक स्थगित गरेका थिए ।

बैठक रोकिएपछि नगर सभा सदस्यहरु छलफल जुटेका थिए । बैठक पुनः सुचारु भएपछि नगर सभा बैठकमा मेयर साम्पाङले फेरि पारित गर्न आग्रह गरे । त्यसपछि भने नगर सभा सदस्यहरुले ताली बजाएर नीति तथा कार्यक्रम र बजेट पारित गरेका थिए ।  असार १० गते नै नगर सभाको पहिलो बैठकमा १ अर्ब ७१ करोडको आगामी आर्थिक बर्षको बजेट पेश गरिएको थियो । 

भिडियो: