धरान: मुआब्जा पाएर पनि लगतकट्टा नगरिदा भुमाफियाको चंगुलमा परेर किनबेच भएको सर्दु जलाधार क्षेत्र जोगाउन माग गर्दै मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाइएको छ ।

आम सचेत नागरिक धरानको नामबाट बुधबार र्याली निकाल्दै मेयर साम्पाङलाई ज्ञानपत्र समेत बुझाइएको हो । भानुचोकमा भेला भएर कोणसभा गरेपश्चात र्याली उपमहानगरपालिका परिसरसम्म निकालिएको थियो । सर्वोच्च अदालतको पछिल्लो फैसला वमोजिम जलाधार क्षेत्र संरक्षण गर्नुपर्ने माग गरेर र्याली निकालिएको र मेयर साम्पाङलाई ज्ञापन पत्र पनि बुझाएको अभियन्ता रामप्रसाद राईले जानकारी दिए । 

र्यालीको अगुवाई गरेका सामाजिक अभियन्ता राईले विगतमा जलाधार क्षेत्र जोगाउन सरकारले सट्टाभर्ना दिएर वस्ती स्थानान्तरण गरेपनि लगतकट्टा नभएर पुनः किनबेच भएको र सर्वोच्च अदालतबाट पनि सट्टाभर्ना दिएको प्रमाण पेश नभएकोले व्यक्तिको हकभोग कायम गरिदिएको बताए । तर, अहिले सट्टाभर्ना दिएको प्रमाण पेश भएपछि सर्वोच्च अदालतबाटै जलाधार क्षेत्र जोगाउनु भन्ने आदेश आएको र किनबेच, कित्ताकाटलगायत सबै कार्य रोकेकोले जलाधार क्षेत्र संरक्षणको लागि स्थानीय सरकारलाई दबाब दिन र्याली निकालिएको बताए ।

sardu1

मेयर साम्पाङले जलाधार क्षेत्र धरानको खानेपानीको प्रमुख स्रोत भएकोले संरक्षण गर्ने आफ्नो पनि प्रमुख दायित्व भएको बताए । उनले राज्यको सम्पत्ति व्यक्तिको हुन नदिने अडान राखे । पछिल्लो २ शनिबार मेयर साम्पाङको नेतृत्वमा धरानको वडा नं ४ छोटीमोरङ डाँडामा वृहत वृक्षरोपण भएको थियो । त्यसक्रममा दोस्रो शनिबार धरान १ का पुर्ववडाअध्यक्ष रोशन अधिकारी र उनकी श्रीमतिसँग विवाद भएको थियो । आफुहरुले कानुन वमोजिम किनेको जग्गामा जर्बजस्ती विरुवा नरोप्न आग्रह गरेपनि मेयर साम्पाङले जलाधार क्षेत्रको जग्गा भन्दै वृक्षरोपण गरेका थिए । यो विवाद पछि पुनः सर्दु जलाधार क्षेत्र प्रकरणबारे सामाजिक सञ्जालमा चर्को बहस र चासो व्यक्त भइरहेको छ । 

भिडियो:

भिडियो: