धरान: धरान वडा नं ८ ले पनि डेंगुका विरामीलाई निःशुल्क उपचार सेवा शुरु गरेको छ । 

वडा ८ ले आफ्नै वडा कार्यालयमा सञ्चालनमा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा आज (आइतबार)देखि डेंगु विरामीलाई उपचार शुरु गरेको हो । वडा अध्यक्ष धनबहादुर राईले तत्काल २ बेडमा जनतालाई सुविधा दिनको लागि निःशुल्क उपचार शुरु गरिएको बताए । भोली (सोमबार) देखि २ वटा बेड थपेर माथिल्लो तलाबाट उपचार शुरु गरिने बताए । सेवा केन्द्रमा रहेका स्वास्थ्यकर्मीहरुले नै उपचार सेवा दिने उनले बताए । 

ward 8

वडा ८ मा पनि धेरै नै विरामी भएको र महंगोमा उपचार गर्नुपरिरहेको गुनासो आएपछि वडाले नै निःशुल्क उपचार शुरु गरिएको वडा अध्यक्ष राईले बताए । वडा ८ स्थित सभागृहमा डेंगु परीक्षण पनि भइरहेको र पोजेटिभ देखिएर उच्च ज्वरो आइरहेकालाई बेडमा राखेर उपचार गरिने अध्यक्ष राईले बताए । 

भिडियो: