धरान: परिवर्तनका लागि सामाजिक अभियानको आयोजनामा निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको ४३ औं संस्करण धरान–१५ को शिक्षा सदन स्कुलमा शनिबार सम्पन्न भएको छ । 

स्कुलको सहकार्यमा सम्पन्न क्लिनिकमा ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई लक्षित गरिएको थियो । क्लिनिकमा मधुमेह, मुटु र उक्त रक्तचाप सम्बन्धि रोगहरुको स्वास्थ्य जा“च गरिन्छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परीक्षण गरिने क्लिनिकमा ७८ जना विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । 

क्लनिक पाक्षिक रुपमा आयोजना गराउर्दै आईरहेको अभियानका अध्यक्ष विष्णु बरालले बताए । बरालका अनुसार सो क्लिनिकमा निःशुल्क रुपमा सुगर टेष्ट र औषधी वितरण समेत गर्ने गरिएको छ । त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न क्लिनिकमा वर्षा अग्रवाल, हेमचन्द्र ढकाल, जेनिश शाक्य, प्रशान्त अग्रवाल, मोहन श्रेष्ठ, भोजराज श्रेष्ठ लगायतका अभियन्ताहरुको पनि सहभागिता रहेको थियो ।

1

क्लिनिकमा स्टाफ नर्स उषा चौधरी र निशा श्रेष्ठले रक्तचाप परिक्षण र मधुमेह परिक्षण गरेका थिए । शिक्षा सदन माविका प्रअ अमर बहादुर बस्नेतले समुदायमा यस्तो कार्यक्रमको आयोजनामा सहकार्य गर्न पाउनुमा खुशी व्यक्त गरे । शिक्षा संगसंगै स्वास्थ्य सम्बन्धमा सचेत हुनुपर्ने र अभिभावक, शिक्षक र स्थानीयहरुका लागि यो कार्यक्रम स्कुलले जिम्मेवारी बोध गरेर आयोजनामा सहकार्य गर्नु महत्वपूर्ण रहेको पूर्व प्रअ श्याम बहादुर कटवाल बताएका थिए । त्यसरी नै स्कुलका पूर्व प्रधानाध्यापक र हाल व्यवस्थापन समितिका अध्यक्ष अम्बिका सम्बाहाम्फेले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा परिवर्तनका लागि साामाजिक अभियानप्रति आभार व्यक्त गरेका छन् ।