धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेध आदेशको कारण आज धरान सुनसान बनेको छ । 

धरानको धार्मिक, सामाजिक सद्भाव बिथोलिन नदिन प्रशासनले निषेध आदेश जारी गरेको हो । सुरक्षा संवेदनशिलतालाई ध्यान दिदै प्रशासनले आज राती १२ बजेसम्मको लागि धरानको सबै वडा र धरान आउने प्रमुख नाकाहरुदेखि नै निषेध आदेश जारी छ । निषेध आदेशको कारण कोशी राजमार्ग हुदै धरान आउने सवारीसाधनहरु इटहरीमै रोकिएका छन् । प्रशासनले धरानमा सभा, सम्मेलन, कार्यक्रम तथा ठुलो संख्यामा भेला हुन रोक लगाएको छ । 

भिडियो:

धरानभित्रबाट पनि ठुला सवारीसाधनहरु चलेका छैनन् । टेम्पो, मोटरसाइकल, स्कुटरलगायत साधनहरु भने निर्वाध चलेका छन् । धरानको चारैतिरका प्रमुख नाकाहरुमा सवारी आवागमनलाई कडाई गरिएको छ । धरानभित्र पनि बाक्लो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । धरानमा शान्तिपुर्ण र्याली निकाल्न भन्दै देशको विभिन्न ठाउँबाट आउन चाहने हिन्दुधर्मावलम्बीहरुलाई प्रवेशमा कडाई गरिएको छ । जसले गर्दा इटहरीमै प्रर्दशन पनि भइरहेको छ । 

dharan nished

dharan nished5

dharan nished4

dharan nished1

dharan nished2