धरान: धरानको कार्यपालिका बैठकमा आज फेरि लफडा भएर स्थगित भएको छ ।

मेयर हर्क साम्पाङ र वडाअध्यक्षहरुबीच बाँझाबाँझ भएपछि बैठक बीचमा नै स्थगित भएको हो । उमेर हदको कारण घण्टाघरमा कार्यरत दुई जना कर्मचारी निकालिएको बिषयमा उनीहरुलाई पुर्नवहाली गर्ने वा अनुदान स्वरुप ३ महिनाको तलब दिएर विदा गर्ने भन्ने एजेण्डामा विवाद शुरु भएको थियो । वडाअध्यक्षहरु ती कर्मचारीलाई एक बर्ष म्याद थप गर्ने पक्षमा थिए भने मेयर साम्पाङ अनुदान रकम दिएर विदा गर्ने पक्षमा थिए । 

घण्टाघरबाट पुराना कर्मचारी निकालेर नयाँ मान्छेहरु राखेको बिषयमा प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले जवाफ दिदै गर्दा वडा नं १७ का अध्यक्ष मनोज भट्टराईले प्रश्न गरेका थिए । उनलाई बोल्न रोक्दै मेयर साम्पाङले आजकै दिन वडा सदस्य मनिष विष्टलाई कार्यवाहक दिएको पत्र देखाउदै वडाअध्यक्ष भट्टराई बैठकमा आउनु अवैधानिक भएको र वडामा गएर कार्यालयमा उपस्थित भएको प्रमाण ल्याउन भनेपछि विवादले उग्ररुप लिएको थियो । 

karyapalika1 1

यो विवाद टुंगोमा नपुग्दै वडा नं १० का अध्यक्ष विवेक राईले शनिबार नगरको गाडी श्रमदाता बोक्न दुरुपयोग भइरहेको र भ्रष्टचार गरेको आरोप लगाए भने कर्मचारी को को नियुक्त गरे भन्ने विवरण आफुहरुले नपाएको बताए । उनले आफ्नो वडामा समन्वय नगरि कर्मचारी सरुवा गरेको भन्दै नगरले पठाएको कर्मचारी हाजिर गर्न नदिने बताए ।

उनको प्रश्नको जवाफ दिदै मेयर साम्पाङले राम्रो काम गर्दा पनि आफ्नो विरोध मात्र भइरहेको भन्दै आक्रोश पोखे । श्रमदाता बोक्न शनिबार पनि नगरको गाडी चलाउने अडान राख्दै उनले रोकेर देखाउन चुनौती पनि दिए । श्रमदानमा एक दिन पनि नआउने तर विरोध मात्र गरेको भन्दै मेयर साम्पाङले अख्तियारमा उजुरी दिन चुनौती दिदै बैठक स्थगित गरेका थिए । 

भिडियो:

भिडियो: