धरान: पक्राउ परेका पहिचानवादी ३ जनालाई निसर्त रिहाईको माग गर्दै आजदेखि अनिश्चितकालिन धनकुटा बन्दको आह्वान गरिएको छ । 

प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समितिको आह्वानमा बिहानैदेखि पहिचानवादीहरुले धनकुटा प्रवेश गर्ने मुख्य सडक नाकाहरु ठप्प पारेका छन् । जसले गर्दा यात्रुहरु धनकुटाको सिमाना क्षेत्रमा नै अलपत्र परेका छन् । पहिचानवादीहरुले आज बिहानै धरान १३ स्थित बेसक्याम्पमा भेला भएर धनकुटा भेडेटारतर्फ जाने सवारीसाधनहरुलाई रोकेका थिए । धनकुटासम्मको सिमा क्षेत्र भेडेटारमा रोक्दा यात्रुहरुलाई गाह्रो हुने भन्दै बन्दकर्ताहरुले धरानमै गाडीहरु रोक्न खोजो थिए । तर, प्रहरी प्रशासनले धनकुटा मात्र बन्द घोषणा भएकोले धरानमा गाडी रोक्न नमिल्ने आग्रह गरेपछि बन्दकर्ताहरु धनकुटाको सिमाना क्षेत्र भेडेटार गएर गाडी रोकेका छन् । 

banda

धनकुटा प्रशासनले पक्राउ परेका ३ जनालाई निसर्त रिहा नगरेसम्म अनिश्चितकालिन बन्द फिर्ता नहुने आन्दोलनकारीहरुको भनाई छ । ६ दिनअघि चौबिसेमा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा क्षितिज थेवे, महेश बस्नेतलगायत आउने भएपछि विरोध तथा ढुंगामुढा हुँदा सवारीसाधानमा क्षति पुगेको थियो । सोही क्रममा पक्राउ परेका ३ जनालाई प्रशासनले हिजो साँझसम्म छोड्ने आश्वासन दिएपनि नछोडेपछि अनिश्चितकालिन धनकुटा बन्द पहिचान पक्षधरहरुले गरेका हुन् । 

भिडियो: