धरान: अवलोकन, भ्रमणमा आएको ३ वटा बस धरान १३ अमरहाटमा दुर्घटना भएको छ ।

स्याङ्जा, नवलपुर र म्याग्दी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा आएको बस दुर्घटना भएको हो । नवलपुरको विधार्थी बोकेको बस ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएको थियो । ब्रेकफेल भएको नवलपुरको बसले पछाडीबाट आएर म्याग्दी१५८३ नम्बरको बसलाई ठक्कर दिएको थियो । म्याग्दीको उक्त बस पल्टेको थियो । त्यसपछि स्याङ्जाको विधार्थी बोकेको  ग २ ख १५१३ नम्बरको बसमा  ठोक्किएपछि मात्र नवलपुरको ब्रेकफेल भएको बस रोकिएको थियो ।

ब्रेकफेल भएको बस त्यसरी नरोकिएको भए जिरो पोइन्टतिर पुगेर ठुलो दुर्घटना गराउने र मानवीय क्षती हुने सम्भावना टरेको धरान १३ का सामाजिक अगुवा घनश्याम तिम्सिनाले बताए । बसहरु नमस्ते झरना पुगेर भेडेटार समेत घुमघाम गरेर फर्कदै गरेको बेला दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइतेहरुलाई तत्काल वडा अध्यक्ष नेत्र काफ्लेसहित स्थानीयको टोलिले उद्दार गरेर वडाकै स्वास्थ केन्द्रमा र केही गम्भीरलाई बीपी प्रतिष्ठानमा उपचारको लागि पठाएको थियो । अन्य सामान्य अवस्थाका यात्रुहरुलाई वडा १३ को हलमा राखिएको छ । उनीहरूलाई होप धरान सस्थाले खाजा पानी तथा खाना खुवाउने व्यवस्था पनि गरेको छ ।

घाइतेहरुको विवरण:

ग २ ख १५८३ मा सवारः-

१) जि. म्याग्दी मंगला गा.पा. ५ बस्ने वर्ष १५ को गौरव रोक्का टाउकोमा चोट अवस्था सामन्य ।

२) ऐ.ऐ. बस्ने बर्ष ३६ की सुकुमाया छन्तेल दाहिने हातमा चोट अवस्था सामान्य।

३) ऐ.ऐ. बस्ने बर्ष १६ की ममता तुलाचन निधार र टाउकोमा चोट अवस्था सामान्य ।

४) ऐ.ऐ. बस्ने बर्ष १५ की छिनिता जारन्जा दाहिने हात र शरिरमा चोट अवस्था सामान्य ।

५) ऐ.ऐ. बस्ने बर्ष १६ की एन्जिला खत्री नाँकमा चोट अवस्था सामान्य।

६) ऐ.ऐ. बस्ने बर्ष १६ को रोशन किशन टाउकोमा चोट अवस्था सामान्य।

७) ऐ.ऐ. १ बस्ने बर्ष १५ को दिपक किशन टाउकोमा चोट सामान्य।

८) ऐ.ऐ. बस्ने बर्ष १७ को रिदिप पुन दाहिने हातको औंलामा चोट अवस्था सामान्य।

९) ऐ.ऐ. २ बस्ने बर्ष १७ को समिर बुढाथोकी दाहिने हातमा चोट अवस्था सामान्य.

१०) ऐ.ऐ. बस्ने बर्ष १५ की सिञ्जल केसी वाँया कुममा चोट अवस्था सामान्य।

११) ऐ.ऐ. बस्ने बर्ष १५ की सहाना चौधरी ढाडमा चोट अवस्था सामान्य।

ग २ ख १५१३ मा सवारः-

१) जिल्ला स्याङ्जा वालिङ न.पा. ६ बस्ने बर्ष १५ को आविष्कार रेग्मी वाँया कानमा चोट अवस्था सामान्य ।

२) ऐ.ऐ. बस्ने बर्ष १५ को मनिष थापा दाहिने आँखामा चोट अवस्था सामान्य।

३) ऐ.ऐ. बस्ने बर्ष १५ को मुना पाण्डे ओंठमा चोट सामान्य। 

४) ऐ.ऐ. बस्ने बर्ष १६ को सौगात आले टाउकोमा चोट अवस्था सामान्य।

५) ऐ.ऐ. १३ बस्ने बर्ष ३८ को जगन्नाथ पाठक नाँक र टाउकोमा चोट अवस्था सामान्य।

सु.प.प्र.०२-००१ ख ११०८ मा सवारः-

१) जि. सुस्ता पूर्व नवलपुर हुक्सीकोट गापा ४ बस्ने बर्ष १६ को तुल ब. राना दाहिन कुम र दाहिने खुट्टामा चोट अवस्था सामान्य।

२) ऐ.ऐ. बस्ने बर्ष १४ को एलेक्स थापा ढाडमा चोट अवस्था सामान्य।

३) ऐ.ऐ. ४ बस्ने बर्ष २४ की जयन्ती भूजेल दाहिने खुट्टामा चोट अवस्था सामान्य।

४) ऐ.ऐ. १ बस्ने बर्ष सुनिता कुमारी न्यौपानेकी छोरा बर्ष ३ को सुयोग अधिकारी निधार र टाउकोमा चोट अवस्था सामान्य।

५) ऐ. कावासोती न.पा. १ बस्ने बर्ष ४० की सिता भुताल निधारमा चोट अवस्था सामान्य।

भिडियो: