धरानः सचेत धराने समुहले शुक्रबार आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरमा २७६ जनाले परिक्षण गराएका छन् । 

धरान ११ गैरीगाउँस्थित आधारभुत स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा नेपाल नेत्रज्योति संघ, विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । शिविरमा स्थानीयबासी तथा ज्येष्ठ नागरिकहरुले निःशुल्क आँखा जाँच गराएर लाभ लिएका थिए । शिविरको उद्घाटन धरानका मेयर हर्क साम्पाङले पानसमा दिप बालेर गरेका थिए । 

शिविरमा डा.मनिष खवास, डा. सरिता थपलियासहित ५ जनाको टोलीले परिक्षण गरेका थिए । कुल २७६ जनाको परिक्षण भएको र ती मध्ये ४५ जनाको मोतिबिन्दुको थप अप्रेशन गर्नुपर्ने देखिएको कार्यक्रमका संयोजक तथा सचेत धरानको सामाजिक सेवा विभागको संयोजक निश्चल पलिखेले जानकारी दिए । 

eye2

यस्तै, थप ४ जनाको माइनर अप्रेशन गर्नुपर्ने चिकित्सकको सुझाव रहेको पनि उनले बताए । ‘जम्मा ४९ जनालाई विराटनगर आँखा अस्पतालमा अप्रेशनको लागि ६ गते लैजान्छौं,’उनले भने,‘उहाँहरुलाई २ दिन बसाईको खाना र फर्कदा मात्र गाडी भाडामा खर्च हुन्छ । अप्रेशन र औषधी पनि निःशुल्क नै हुन्छ ।’ आजको शिविरमा पनि औषधी निःशुल्क वितरण गरिएको र चस्मा पनि सहुलियत दरमा उपलब्ध गराइएको उनले बताए । 

eye

सचेत धराने समुहका अध्यक्ष निरज लिम्बुले शविरमा अपेक्षा गरेभन्दा धेर्रैलाई सेवा दिन पाएको भन्दै खुशी व्यक्त गरे । साथै उनले प्राविधिक सहयोगी स्वास्थ्यकर्मीहरुको टोली र कार्यक्रमका संयोजक पलिखेप्रति आभार पनि व्यक्त गरे । शिविरको उद्घाटन समारोहलाई प्रमुख अतिथि एवं मेयर साम्पाङ, वडा नं ११ का अध्यक्ष लोकेन्द्र फागोले पनि सम्बोधन गर्दै निःशुल्क शिविरले जनतालाई राहत मिल्ने बताएका थिए । 

भिडियो:

भिडियो: