धरान :वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले काममा फर्कन आग्रह गरेपछि आन्दोलनरत शिक्षक, कर्मचारीहरुले अस्वीकार गरेका छन् । 

का.मु.उपकुलपति कार्कीले बिहिबार अपिल जारी गर्दै तत्काल कार्यकारिणी समिति बैठक बसेर बढुवा प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाउदै शिक्षक, कर्मचारीलाई काममा फर्कन आग्रह गरेका थिए । तर, आन्दोलरनत शिक्षक, कर्मचारी संयुक्त संघर्ष समितिले भने का.मु.उपकुलपति डा.कार्कीप्रति अविश्वास प्रकट गर्दै भद्र अवज्ञा आन्दोलन जारी राख्ने घोषणा गरेको छ । संयुक्त संघर्ष समितिको बैठक पछि विज्ञप्ती जारी गर्दै विगतमा पनि पटक पटक सम्झौता गरेर पालना नगरेको कारण पुर्णरुपमा विश्वास गर्ने अवस्था नभैसकेको जनाएको छ । 

bp andolan click

समितिले बाँकी रहेको अन्तर्वार्ताको तालिका कार्यकारिणी समिति बैठकबाट स्वीकृत भएपछि मात्र आन्दोलन स्थगित गर्ने निर्णय गरेको पनि विज्ञप्तीमार्फत जनाएको छ । यस्तै, समिलिते शिक्षक, कर्मचारीहरुको जायज माग पुरा गराउनको लागि भएको भद्र अवज्ञा कार्यमा संलग्न कोही कसैलाई पुर्वग्राह राखी कुनै पनि कारबाही नगर्ने, नगराउने प्रतिवद्धता व्यवस्थापनबाट आउनुपर्ने पनि माग गरेको छ । विज्ञप्तीमा भनिएको छ,‘हाम्रो माग पुर्णरुपमा सम्बोधन नगरि पहिला जस्तै अल्मलाउने प्रयास भएको खण्डमा यसभन्दा कडारुपमा प्रस्तुत हुने निर्णयमा पुगेको व्यहोरासमेत जानकारी गराउन चाहन्छौं ।’

प्रतिष्ठानको आन्तरिक बढुवा प्रक्रियाविरुद्ध परेको रिट निवेदनमा बुधबार उच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै उक्त प्रक्रिया कानुन सम्मत भएको पनि बताएको थियो । अदालतको यो आदेशसँगै प्रतिष्ठानमा अवरुद्ध भएको बढुवा प्रक्रियालाई अघि बढाउन कानुनीरुपमा नै बाटो खुलेको छ । आन्दोलनरत पक्षले अब तत्काल का.स.बैठक बसेर अन्तर्वार्ताको मिति तोकिनुपर्ने माग राखेको छ । 

भिडियो: