धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अवरुद्ध शिक्षक, कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउने कानुनी बाटो खुलेको छ ।

बढुवा प्रक्रिया विरुद्ध परेको मुद्दामा न्यायाधिश विपुल न्यौपाने र सुर्यनाथ प्रकाश अधिकारीको इजलाशले बुधबार आन्तरिम बढुवा सम्बन्धी कारबाहीको हकमा अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको हठर गरेको हो । उक्त इजलाशले प्रचलित कानुन वमोजिमको मापदण्ड एवं प्रक्रिया पुरा गरेर नियमित एवं आवधिकरुपमा गरिने आन्तरिम बढुवा सम्बन्धी कारबाहीलाई रोक्न सुविधा सन्तुलनको दृष्टिकोणले उपयुक्त नहुने जनाएको छ । 

प्रतिष्ठानको नियमावली २०५५ को नियम१२.३ ले प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीको बढुवा सम्बन्धी अधिकार उपकुलपतिको अध्यक्षतामा गठित छनौट समितिलाई दिएको देखिएको पनि आदेशमा उल्लेख छ । यद्यपी, अदालतले आन्तरिम बढुवा, स्तरवृद्धिबाहेक रिक्त रहेको दरबन्दीमा शुरु भर्ना वा स्थायी नियुक्ती गर्दा प्रचिलत ऐन, नियमावली, स्वीकृत नीति, मापदण्ड एवं लोकसेवा आयोगको सामान्य सिद्धान्तल विपरीत हुने गरि तथा लोक सेवा आयोगको सहभागिता नगराई नयाँ भर्ना वा नियुक्ती नगर्न, नगराउन मुद्दाको टुंगो नलागेसम्म अन्तरिम आदेश दिएको छ ।

bp high

bp high1