धरान:  धरान उपमहानगरपालिका १५ नम्बर वडा कार्यालयको आयोजना तथा केएचडिसिसँगको सहकार्यमा चार दिनदेखि स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । 

वडाबासीहरुलाई उच्च रक्तचाप, मधुमेह, मृगौला र कोलेस्ट्रोल सम्बन्धी उपचार सेवा एकै ठाउँबाट प्रवाह गर्न माघ २९ गतेदेखि शिविर आयोजना भइरहेको वडा अध्यक्ष नरेश ईवारमले जानकारी दिए । भौतिक संरचना निमार्ण मात्रै विकास नभएर मानव विकास र  स्वास्थ्य सुधार गर्ने कार्य पनि विकास भएकोले स्वास्थ्य शिविर गरिएको वडाअध्यक्ष इवारमले बताए । 

चार दिनमा ४ सय भन्दा बढिको रगत संकलन गरिएको थियो भने शुक्रबार पाँऔ दिनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा.सन्जिव शर्माको नेतृत्वमा १० जना डाक्टरहरुले रिपोर्ट हेरेर थप परामर्श पनि दिएका थिए । वडाका ३९ वटा टोल विकास समितिका लगभगत ७ हजार भन्दा बढिले सेवा लिन सक्ने अनुमान जनप्रतिनिधीले गरेका छन् । 

naresh ewaram

धरान १५ को स्वास्थ्य केन्द्रमा हरेक दिन १०० जनाको रगत संकलन गर्ने र पाँऔ दिनमा डाक्टरलाई रिपोर्ट देखाउने, परामर्श लिने व्यवस्था वडा समिती र टोल विकास समितीले गरेको छ । वडाबासीहरुले पनि स्वास्थ्य उपचारको लागि वीपी प्रतिष्ठान जान नपर्दा धेरे सहज भएको प्रतिक्रिया दिएका छन् ।

केएचडिसी बिशेष गरि उच्च रक्तचाप, मधुमेह, मृगौला र कालेस्ट्रोल रोगबाट हुने जोखिमबाट जोगाउन प्रा.डा.शर्माको नेतृत्वमा शुरु भएको अभियान हो । यो अभियानले अहिलेसम्म हजारौंको टोल टोलमा पुगेर स्वास्थ्य परीक्षण गरिसकेको छ । धरानमा मात्र नभएर अन्य जिल्लामा पनि केएचडिसी अभियान पुगेको छ । 

भिडियो: