धरान: बराह सहकारी र श्रेया सहकारीका पीडित वचतकर्ताहरुले आइतबार साँझ प्रर्दशन गर्दै भानुचोकमा टायर बालेका छन् ।

प्राइम बैंकले बराहको सम्पत्ति लिलामीको सुचना निकालेपछि हजारौं वचतकर्ताहरुको वचत तथा लगानी डुब्ने स्थितिमा पुगेकोले आइतबार साँझ पीडितहरु प्रर्दशनमा उत्रिएका हुन् । उनीहरुले बराहका सञ्चालकहरु र प्राइप बैंकविरुद्ध पनि नाराबाजी गरेका थिए । बराह सञ्चालकहरुले वचतकर्ताहरुलाई ठगी गरेको भन्दै पीडितहरुले प्रहरी प्रशासन, स्थानीय सरकार र राज्यले नै ठगीमा संलग्नहरुको संरक्षण गरिरहेको पनि आरोप लगाएका थिए ।

बराह सहकारी तथा ग्रुप अफ कम्पनीमा हजारौं वचतकर्ता तथा लगानीकर्ताहरुको १० अर्ब भन्दा बढी रकम डुबेको छ । यस्तै, श्रेया वचत तथा सहकारी संस्थामा पनि वचतकर्ताहरुको करोडौं रकम डुबेको छ । बराहका सञ्चालकहरुले व्यापार, व्यवसायमा लगानी भएको र व्यापार गर्ने सहज वातावरण बनेमा केही बर्षमा वचत, लगानी क्रमशः फिर्ता गर्ने बताउदै आएका छन् । उनीहरुले रोक्का भएको सम्पत्ति फुकुवा गरिदिन पनि आग्रह गर्दै आएका छन् । 

baraha1

तर, वचतकर्ताहरु भने व्यापार गर्न दिइनुपर्ने र कानुनी कारबाही गर्नुपर्ने दुई पक्षमा बाँडिएका छन् । जसले गर्दा नगर कार्यपालिकाले पनि संकटग्रस्त भनेर निर्णय गर्न सकेको छैन । कानुनी कारबाहीको लागि प्रहरीमा दिएको निवेदन पनि सहकारीको क्षेत्राधिकार स्थानीय सरकारको भन्दै दर्ता नगरि उपमहानगरमै पठाइदिएको छ । बराहमा वचत र लगानी गरेकाहरुको विजोग अवस्था छ ।

अर्काे, धरान १५ स्थित श्रेया सहकारीका सञ्चालक चन्द्र खापुङ र छोरा लोक खापुङ वचतकर्ताहरुको करोडौं रुपैया फिर्ता नगरि सम्पर्कविहिन भएका छन् । जसले गर्दा सयौं वचतकर्ताहरुको विचल्ली भएको छ । सञ्चालक चन्द्र खापुङ बेलायत भासिएको हल्ला छ भने छोरा लोक खापुङ पनि नभेटिएको पीडितहरुको गुनासो छ । 

भिडियो: