धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानको अध्यक्ष पदमा २ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।

संघको नयाँ नेतृत्व चयनको लागि यही असार ३० गते हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठले शनिबार मनोनयन दर्ता गराएको निर्वाचन उपसमितिले जानकारी दिएको छ ।

gopal vs shivaraj

अध्यक्षका प्रत्यासी गोपल श्रेष्ठ वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष रहेका छन् भने यसअघि संघको कोषाध्यक्ष पनि रहीसकेका थिए । यस्तै, अर्का प्रत्यासी शिवराज श्रेष्ठ गत निर्वाचनमा पनि अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए । उनी अध्यक्षमा विजय श्रेष्ठसँग पराजित भएका थिए । विगतमा उनी संघको महासचिव रहिसकेका थिए ।

उद्योग महिलातर्फ निर्विरोध

mina

निर्वाचन समितिका अनुसार उद्योगतर्फको महिला सदस्यमा मीना राईको मात्र उम्मेद्वारी परेको छ । अन्यको उम्मेद्वारी नपरेपछि उनी निर्विरोध निवार्चित भएपनि निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ । 

वाणिज्यतर्फ महिला सदस्य पदमा भने बर्षा अग्रवाल र ममता शाक्यको उम्मेद्वारी परेको छ । अघिल्लो निर्वाचनमा पनि यो पदमा दुवै जना प्रतिस्पर्धामा उत्रिदा अग्रवालले जितेकी थिइन् ।

निर्वाचन समितिका अनुसार वाणिज्यतर्फको ८ जना सदस्य पदको लागि १५ जनाको उम्मेद्वारी मनोनयन भएको छ भने उद्योग तर्फको ४ जना सदस्य पदको लागि ७ जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको छ । एशोसिएटतर्फ ३ जना सदस्य पदमा ५ जनाको मनोनयन दर्ता भएको छ भने बस्तुगततर्फ २ जना सदस्य पदमा ३ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । 

ubasangh

ubasangh1

ubasangha4