धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बीमा बोर्डले प्रथम सेवा केन्द्रबाट हटाएको विरोधमा धरानका राजनीतिक दलहरूले इलाका प्रशासनमार्फत गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

राजनीतिक दलहरूले आइतबार इलाका प्रशासन कार्यालय धरानमा ध्यानाकर्षण पत्र बुझाउदै गृहमन्त्रीको ध्यानाकर्षण पत्र बुझाएका हुन् । दलका नेताहरुले इलाका प्रशासनका प्रमुख लक्ष्मीप्रसाद रेग्मीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । प्रमुख रेग्मीले पत्र बुझ्दै तत्कालै मन्त्रालयमा पत्र पठाउने जानकारी दिए ।

ध्यानाकर्षण पत्र बुझाउन नेपाली काङ्ग्रेसका सभापति श्याम पोख्रेल, एमाले अध्यक्ष हर्कजङ्ग एभेङ, माओवादी अध्यक्ष उद्दव लिम्बू, जसपा नेपाल अध्यक्ष ताजुब लिम्बू, नेकपा एसका अध्यक्ष रेवतीरमण राई, वडा १७ का अध्यक्ष मनोज भट्टराईलगायत इलाका प्रशासन कार्यालय पुगेका थिए ।

bpkihs party copy