धरान: जेन जी आन्दोलनको जगमा बनेको सरकारकी स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतम विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या बुझ्न धरान आएकी छन् । 

आज (मंगलबार) दिउँसो करिब साढे ४ बजे प्रतिष्ठान आइपुगेकी मन्त्री गौतमलाई पदाधिकारीहरुले स्वागत गरेका थिए । उनी दिउँसो २ बजे आउने तालिका भएपनि हवाई उडान ढिलाई भएको थियो । मन्त्री गौतम आज प्रतिष्ठानकै भिआइपी गेष्ट हाउसमा बस्ने बताइएको छ । 

मन्त्री गौतमले संघ मातहतका अस्पतलाहरुमा निरीक्षण गर्ने क्रममा पनि धरान आएको बताए । चिकित्सकहरुको समस्या, गुनासो र अस्पताल सञ्चालनको कठिनाइहरु बुझ्न आएको मन्त्री गौतमले बताइन् । उनले प्रतिष्ठानको सिनेटको बैठक बस्नुपर्ने भएकोले पुर्वतयारीको लागि बुझ्न धरान आएको बताइन् ।

sudha gautam

‘अस्पताल कसरी चलेका छन्, शैक्षिक संस्था के छ, कुनै समस्या छ कि, आफ्नै आँखाले प्रत्यक्ष हेरेर बुझेपछि निर्णय गर्न सजिलो हुन्छ भनेर आएको हो,’ मन्त्री गौतमले भनिन्,‘अर्को यहाँका सबै कर्मचारीसँग भेटेर काम गर्ने वातावरणबारे पनि बुझ्न थियो ।’

जेन जी आन्दोलनपछि बनेको सरकारको प्राथमिकता भ्रष्टचारमुक्त देश बनाउनुपर्ने र प्रणाली सुधार गर्नुपर्ने मन्त्री गौतमले बताइन् । ‘त्यसैसन्दर्भमा मैले विभिन्न अस्पतालहरुको निरीक्षण गर्दै त्यहाँबाट प्रवाह हुने सेवाहरुको गुणस्तर राम्रो होस्, जनताले दुःख पाउन नपरोस्, धेरै पर्खान नपरोस्, क्लिनिक सजिलो चलोस् भनेर संघीय अस्पतालहरुको अवस्था हेर्दै आएको हो,’ उनले भनिन् । 

भिडियो: