धरान: रोयल थिम्पु फुटबल क्लब भुटानलाई पराजित गर्दै झापा ११ २६ औं बुढासुब्बा गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ ।
धरान १६ स्थित रंगशालामा शुक्रबार सम्पन्न खेलमा झापाले पाहुना टोली भुटानलाई २–० गोलअन्तरले पराजित गर्यो । झापाका खेलाडी सुनिल खड्का र राजेश दाहालले गोल गरेका थिए । सुनिलले पहिलो हाफको ३६ औं मिनेटमा गोल गरे भने राजेशले दोस्रो हाफको १८ औं मिनेटमा गोल गर्दै जित दिलाए ।

खेलको म्यान अफ दि म्याच झापाका राजेश दाहाल घोषित भए । उनलाई नगद १० हजार र मेडल प्रदेश प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी ज्ञानेन्द्र फुँयाल र दाता कुमार तामाङले प्रदान गरेका थिए । प्रतियोगितामा भोली (शनिबार)को खेल गत बर्षको विजेता एनआरटि काठमाण्डौं र प्लानिङ ब्वाइज युनाइटेड काठमाण्डौंबीच हुने आयोजकले जनाएको छ ।
भिडियो:
भिडियो:







