धरान: २६ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड सेमीफाइनल प्रवेश गरेको छ । 

आइतबार धरान रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नेपाल पुलिस क्लबलाई १–० ले स्तब्ध बनाउदै चर्च ब्वाइज सेमीफाइनल प्रवेश गरेको हो । चर्च ब्वाइजको जितमा रिचर्ड विल्सन नायक बने । उनले पहिलो हाफको खेल शुरु भएको पहिलो मिनेटमा नै गोल गरेका थिए । त्यही गोल खेलको निर्णायक बन्यो । 

खेलको म्यान अफ दि म्याच पनि रिचर्ड नै घोषित हुदै नगद १० हजार, मेडल हात पारे । उनलाई चर्चित गायक पुर्ण राई र माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरका सञ्चालकले पुरस्कार प्रदान गरेका थिए । 
4th busu game

चर्च ब्वाइज गत बर्षको उपविजेता टोली हो । चर्च ब्वाइज फाइनलमा एनआरटिसँग पराजित भएको थियो । विजेता एनआरटि भने शनिबार प्लानिङ ब्वाइज युनाइटेडसँग पराजित भएको थियो । प्रतियोगितामा भोली सोमबार आयोजक धरान फुटबल क्लब र लालीगुँरास ए पोखराबीच खेल हुने जानकारी दिएको छ । 

भिडियो:

भिडियो: