धरान: डेंगु महामारीले ग्रस्त धरानलाई जनस्वास्थ्यको आपतकालिन अवस्था घोषणा गरेर नियन्त्रण र उपचारमा जुट्न सांसदहरुले कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार शुरु भएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दे सांसदद्धय रमेशकुमार बस्नेत, निरादेवी खनाल र ममता तामाङ मगरले यस्तो माग गरेकी हुन् । बस्ने ...
धरान: भानुचोकस्थित घण्टाघरमा कार्यरत ज्यालादारी दुई श्रमिकलाई विनाकारण निकालिएको भन्दै विभिन्न ट्रेड युनियनहरुले मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले एक साताभित्र दुवै मजदुरलाई पुनःनियुक्ती नगरे आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनि ...
धरान: डेंगु नियन्त्रणमा आवश्यक समन्वय नगरेको भन्दै आलोचना खेपिरहेका मेयर हर्क साम्पाङले बिहिबार भने धरानका विभिन्न सामाजिक संघसंस्थाहरुसँग छलफल गरेका छन् । उक्त छलफलले डेंगु नियन्त्रणको प्रयास भइरहे पनि प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै सातामा २ दिन सबैले आआफ्नो क्षेत्रमा सर्च एण्ड डिष्ट्रोय ग ...
धरान: स्थानीय सरकार डेंगु महामारी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसकेको भन्दै धरानका राजनीतिक दलहरु प्रदेश सरकारको ध्यानाकर्षण गराउन आज राजधानी विराटनगर जादैछन् । राजनीतिक दलको टोलीले मुख्यमन्त्री, स्वास्थ्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतालाई भेटेर धरानको स्वास्थ्य अवस्थाबारे जानकारी ...
धरान: करिब २ महिनाको अवधिमा धरानमा डेंगु संक्रमणले महामारीकोरुप लिएर ११ जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या बढ्दै जादा स्थानीय सरकारप्रति असन्तुष्टी र आक्रोश सामाजिक सञ्जालमा प्रटक भइरहेको छ । दुई दिनअघि मात्र धरान १६ का ९ बर्षीय बालकको डेंगुले मृत्यु भएपछि प्रभावकारी कदम नचालेको भन्दै स्था ...
धरान: डेंगुबाट धरान १६ का एक ९ बर्षीय बालकको मृत्यु भएको छ । विराटनगरको बिग हस्पिटलमा आइसियुमा राखेर उपचाररत अवस्थामा उनको हिजो (सोमबार) मृत्यु भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखाले पुष्टि गरेको छ । बालकको मृत्युसँगै धरानमा डेंगु लागेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । स्वास्थ्य महाशाख ...
धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानले पनि निःशुल्क डेंगु उपचार सेवा शुरु गरेको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेर संघले धरान १ स्थित आफ्नै भवनमा रहेको मिलेनियम हलमा डेंगुको उपचार सेवा शुरु गरेको हो । तत्काल २० बेडमा विरामीको उपचार शुरु गरेको आवश्यक परेमा थप १० बेड पनि विस्तार ...
धरान: धरानमा सञ्चालनमा रहेपनि दर्ता नभएका ल्याबहरु साउन अन्तिमसम्म दर्ता प्रक्रियामा आउन सहमत भएका छन् । यस्तै, दर्ता भएपनि नविकरण नभएकाहरुले पनि सम्बन्धित निकायबाट नविकरण गर्ने भएका छन् । धरान उपमहानगरपालिकामा सोमबार भएको छलफलमा धरान क्षेत्रमा दर्ता भएको र दर्ता नभई सञ्चालनमा रहेका ल्याबहरु कानुनी ...
धरान: डेंगुको महामारी फैलिएको धरानमा सुनसरी उद्योग वाणिज्य संघले पनि निःशुल्क उपचार केन्द्र शुरु गर्ने भएको छ । संघले भोली (मंगलबार) बिहानदेखि उपचार आवश्यक पर्ने डेंगुका विरामीहरुलाई निःशुल्क उपचार सेवा शुरु गर्ने भएको हो । संघको वडा नं १ स्थित आफ्नै कार्यालयमा रहेको मिलेनियम हलमा उपचार सेवा शुरु गर ...
धरान: डेंगुले महामारीको रुप लिए पछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र निजी अस्पताल, क्लिनिकहरुमा विरामीको चाप ह्वात्तै बढ्यो । वीपीमा विरामीको अत्यधिक चाप र निजीमा महंगो उपचारले निम्न अवस्थाका नागरिकहरु सिटामोलको भरमा थप उपचार नगरि घरमै बसेका थिए । डेंगुले एउटै परिवारमा ३, ४ जनासमेत थ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित