धरान: कोरोना संक्रमणको दर पुनः बढेसँगै सुनसरीमा मेला, महोत्सव, सास्ँकृतिक कार्यक्रमलगायत भिडभाड हुने गतिविधिहरुमा रोक लगाउने निर्णय भएको छ । आज (मंगलबार) सम्पन्न जिल्ला समन्वय समितिको बैठकले कोरोना संक्रमणको जोखिम बढेको भन्दै भिडभाड हुन नदिन र संक्रमणको चेनलाई तोड्न यस्तो निर्णय गरेको हो । भिडभाड हु ...
धरान: एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा सञ्चालित खानेपानी आयोजनाको डिजाइनमा जंगलमा ७ वटा वेलबाट भुमिगत पानी निकाल्ने उल्लेख छ । दुई बर्षभित्र काम सम्पन्न गर्ने गरि १५ जुलाई सन् २०१५ मा शुरु भएको आयोजना विविध कारणले समयमा सम्पन्न हुन सकेन । एडिबिले आयोजनाको म्याद थप नगरेको कारण अ ...
धरान: कोरोनाविरुद्धको खोप कोभिसिल्ड लगाइसकेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल निर्देशक डा.साहलाई आज संक्रमण पुष्टि भएको हो । उनले भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोपको डोज पुरा गरिसकेका थिए ...
धरान: खानेपानीको चरम अभावले धरानबासीहरु आहत छन् । दिन बिराएर पानी वितरण गर्ने भनेपनि धरान खानेपानी व्यवस्थापन बोर्डले भनेजस्तरी वितरण गर्न सकेको छैन । खानेपानीको माग गर्दै दीर्घकालिन खानेपानी संघर्ष समिति दिनहुँ आन्दोलनमा छ । एक सातादेखि धरान १६ स्थित खानेपानीको बिल काउन्टरमा तालाबन्दी गरेर संघ ...
धरान: खानेपानीको माग गर्दै दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिले धरान १६ स्थित खानेपानीको विल काउन्टर बन्द गरेर धर्ना दिइरहेको छ । धरानमा चरम खानेपानी अभाव हुन थालेपछि विरोधमा उत्रिएको संघर्ष समितिले एक सातादेखि काउन्टरमा ताला लगाएर धर्ना दिन थालेको हो । खानेपानी संस्थान हस्तान्तर ...
धरान: नगर प्रमुख तिलक राईले धरान उपमहानगर खेलकुदको राजधानी रहेको बताउँदै कुन खेललाई कति सहयोग गर्ने भनेर उपमहानगरपालिकाले आवश्यक नीति बनाउने बताएका छन् । तेक्वान्दो खेलका लागि खेलकुद सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख राईले यस्तो बताएका हुन् । उनले आइतबार धरानका खेलकुद संघसंस्था, क्लब र पदाधिकारीह ...
धरान: खानेपानीको चरम अभाव भोगिरहेको धरानमा आज (शुक्रबार) देखि भने केही वडाहरुमा सहजरुपमा उपलब्ध हुन थालेको छ । धरानको वडा नं ११, १६, १७ र १८ मा खानेपानी आउन थालेको हो । खानेपानीलाई सहज बनाउन हरसम्भव प्रयत्न भइरहेको धरान खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजु पोखर ...
धरान: कोभिड १९ संक्रमणको जोखिम पुनः बढ्दै गएपछि सरकारले जारी गरेको जनस्वास्थ्य मापदण्ड सुनसरी जिल्लामा अनिवार्यरुपमा लागु गर्ने निर्णय गरिएको छ । आज शुक्रबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको डिसिसिएमसि बैठकले यस्तो निर्णय गरेको हो । सर्वसाधारणमा चेतनाको अभावले स्वास्थ्य ...
काठमाण्डौं: नेपालमा पनि कोरोना संक्रमणको दोस्रो लहरको जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुनबाट रोक लगाउन सिफारिस गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन सेन्टर ९सीसीएमसी० को आजै बस्ने बैठकले सिफारिसबारे निर्णय गर्ने बताइएको छ। मन्त्रालयका सहप्रवक्ता डा.समीर अधि ...
धरान: धरानका युवा गल्फर शुक्रबहादुर राई पोखरामा सम्पन्न सुर्य नेपाल वेष्टर्न ओपन २०२१ को पनि च्याम्पियन भएका छन् । पोखराको पार ६९ को गल्फ कोर्षमा आज सम्पन्न प्रतियोगितामा कुल ६ अण्डर २०१ स्कोरको कार्ड बनाउदै शुक्र च्याम्पियन भएका हुन् । उनले अन्तिम दिन आज २ अण्डर ६७ स्कोर खेलेका थिए । पहिलो दि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित