धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले तत्काल उपचार नगर्दा जोखिम नहुने विरामीहरुलाई २ सातासम्म फ्लोअपमा नबोलाउने निर्णय गरेको छ ।

प्रतिष्ठानको कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि आज र्यापिड रेस्पोन्स टिमको बैठकले यस्तो निर्णय गरेको हो । प्रतिष्ठानका अनुसार नियमित फलोअपमा आउने विरामीहरुलाई तत्काल उपचार नगर्दा जोखिम नहुनेलाई २ सातासम्म फलोअपमा नबोलाउने निर्णय भएको छ । यस्तै, तत्काल जोखिम नहुने विरामीहरुको शल्यक्रिया तथा नियमित जाँच पनि २ सातासम्मलाई स्थगन गर्ने निर्णय भएको छ । विरामीहरुमा कोभिड १९ को सम्भावित संक्रमण देखिमा जिओपिडी अगाडिको हेल्प डेस्कमा पठाएर आवश्यक उपचार दिइने निर्णय भएको छ ।

सोही बैठकले संघीय स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार २ साताको लागि विस्तारित सेवा स्थगन गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ । प्रतिष्ठानका अनुसार पेइङ सेवा, स्वास्थ्य विमा र भारतीय पेन्सनरहरुलाई दिइदै आएको इसिएचएस विस्तारित सेवा स्थगन भएको छ । नेपाल सरकारले २५ जना भन्दा बढी भेला हुन रोके पनि अस्पतालमा अत्यधिक भिडभाड हुने भएकोले यस्तो निर्णय गर्नुपरेको प्रतिष्ठानले जनाएको छ ।

bp-notice