धरान: कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले आजदेखि एक सातासम्मलाई देशभर लकडाउन गरेको छ । यो बेला घरबाहिर निस्कन मिल्दैन । धरानमा पनि लकडाउनको अवस्था छ । बजार पुर्णरुपमा बन्द छ भने यातायातका साधनहरु चलेका छैनन् । तर, केही अत्यावश्यक अवस्थामा मोटरसाइकल चलेका छन् । केही मानिसहरु अझै पनि बाहिर निस्केको भने देखिन्छ ।

लकडाउन पहिलो पटक नेपालीहरुले अनुभव गरेको कारण पनि मानिसहरुमा अन्योल देखिएको हुनसक्ने धरानका नगरप्रमुख तिलक राईले बताए । उनले मानिसहरुलाई सम्झाएर घरभित्रै बस्ने वातावरण बनाउन सबै निकाय लागिपरेको बताए । ‘पहिलो घटना हो, यसअघि लकडाउन थिएन । त्यसैले मानिसहरुलाई यसबारे बुझाउनु नै छ,’उनले भने,‘केही मानिसहरु बाहिर निस्केको देखिन्छ, यो नगरबासीहरुकै लागि हो । बुझाउने प्रयत्न भइरहेको छ ।’ माइकिङ गरेर मानिसहरुलाई घरभित्रै रहन पनि आग्रह गरिने उनले बताए । 

 IMG_9580.psd IMG_9581.psd IMG_9585.psd IMG_9584.psd IMG_9594.psd IMG_9588.psd IMG_9592.psd IMG_9589.psd IMG_9601.psd IMG_9587.psd IMG_9595.psd IMG_9597.psd IMG_9591.psd