विराटनगरः प्रदेश एकका विराटनगर लगायत आसपासका शहरहरुमा लकडाउनको उल्लंघन गर्ने सवारीसाधनहरु सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

सरकारले आज विहान ६ बजे देखि मुलुक लकडाउन गर्ने हिजो साँझ नै घोषणा गरेको थियो । यो घोषणा सँगै आज विराटनगर, इटहरी, दुहवी, विराटचौक, इनरुवा लगाएतका स्थानमा सुरक्षाकर्मीले अत्यावश्यक कामबाहेक सडकमा निस्किएका सवारीको चाबी खोसेर राखेको छ । इटहरीस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एवं एसपी भिम दाहालका अनुसार सरकारी निर्णयको अवज्ञा गर्ने सवारीधनीलाई कारवाही स्वरुप पहिलो चरणमा सवारी नियन्त्रणमा लिइनेछ ।

यसरी नियन्त्रणमा लिइका सवारीलाई बेलुका मात्र धनीलाई नै फिर्ता दिएर पठाइने छ । ती सवारीहरु पुनः सडकमा देखिएमा कानुुनी प्रक्रिया अघि बढाइने एसपी दाहालले बताए । अहिले विराटनगर र इटहरीका विभिन्न स्थानमा प्रहरीले सवारी नियन्त्रण लिने क्रम बढिरहेको छ । जबरजस्ती सवारी गुडाउने र विना उद्देश्य घुमफिर मात्र गर्नेहरुलाई मात्र यसरी नियन्त्रणमा लिइएको हो ।

एसपी दाहालका अनुसार जिल्ला प्रशासनले जारी गरेको सवारी पासबाहेकका सवारीलाई सडकमा गुड्न दिइने छैन । यसका लागि प्रदेश एकका सबै जिल्लामा प्रहरीले उच्च सतर्कता अपनाएको छ भने सबै प्रहरीलाई कार्यस्थलमा खटाएको छ । विराटनगर र इटहरीमा औषधी पसल, डेरी र केही फलफूल पसलबाहेक सबै बजार पसल बन्द छन् । मानिसको आवतजावतसमेत सुनसान बनेको छ । सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ । दुबै सुरक्षाकर्मीले सडकमा गुडिरहेका सवारीलाई नियन्त्रण र कारवाही गर्ने काम तीव्र रुपमा गरिरहेका छन् ।

itri3

itri itri4 itri5 itri6 itri7